काठमाडौंका सडकमा आजबाट इटालियन ब्रुमर, हट्ला त धुलो ? « Khabarhub

काठमाडौंका सडकमा आजबाट इटालियन ब्रुमर, हट्ला त धुलो ?


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– धुलो र धुवाले आजित बनेका काठमाडौंबासीलाई आजबाट केही राहत मिल्ने संकेत देखिएको छ । इटालियन ब्रुमरको सहायताले काठमाडौंका सडक सफा गरिने भएपछि धुलोबाट केही राहत मिल्ने देखिएको हो ।

काठमाडौं महानगरपालिकाले आज औपचारिक कार्यक्रम आयोजना गरी सडक सफाइका लागि इटालिएन ब्रुमर प्रयोगमा ल्याउने छ । राष्ट्रिय सभागृहमा आज दिउँसो कार्यक्रम राखिएको छ ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले दिएको जानकारी अनुसार सुन्धारा, टुँडीखेलआसपास ब्रमुर प्रयोग गरिने छ ।
त्यसैगरी थापाथली, बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट रोडमा पनि ब्रुमरको प्रयोग गरी धुलो सफा गरिनेछ ।

त्यस्तै सिंहदरबार हुँदै पुतलीसडक हात्तीसार, दरबारमार्गमा पनि सफाइ गरिनेछ । त्यस्तै ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर तथा लैनचौर, लाजिम्पाट, महाराजगन्ज रोडमा पनि सफाइ गरिनेछ ।

कलंकी, बल्खु, कालीमाटी, टेकु त्रिपुरेश्वर, लगायतका स्थानमा पनि ब्रुमर सञ्चालन ल्याइनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १० : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको