भलिवल खेल्दा भएको विवादमा १ जनाको मृत्यु, कुटपिटमा संलग्न पक्राउ « Khabarhub

भलिवल खेल्दा भएको विवादमा १ जनाको मृत्यु, कुटपिटमा संलग्न पक्राउ


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको सुर्मा गाउँपालिकामा भलिवल खेल्ने क्रममा स्थानीय युवाबीच विवाद हुँदा १ जनाको मृत्यु भएको छ ।

भलिवल खेल्ने क्रममा भएको विवादले उग्र रुप लिएपछि सुर्मा गाउँपालिका–५ का १४ वर्षीय आनन्द विकको मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका बोहराको उपचारका लागि बाँकेको कोहलपुर लैजाने क्रममा सोमबार मृत्यु भएको थियो ।

प्रहरीले आनन्दमाथि कुटपिट गर्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्मा–५ कै १८ वर्षीय रनु बोहरा र जीवन बोहरालाई पक्राउ गरेको हो ।

कुटपिट गरि फरार भएका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय बझाङ, प्रहरी चौकी दौलीचार र सशस्त्र प्रहरी बलको संयुक्त रुपमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा सुर्मा गाउँपालिका–५ मा फेला पारेको हो ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १२ : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार