वर्षैभरि 'फ्लप' फिल्म, ९ महिनामा १ सय १८ फिल्म दर्ता ! | Khabarhub Khabarhub

वर्षैभरि ‘फ्लप’ फिल्म, ९ महिनामा १ सय १८ फिल्म दर्ता !


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २०७५ लाई बिदाइ गर्न केही हप्ता मात्र बाँकी छ । यस वर्ष रिलिज भएका धेरै फिल्मले आशा गरिएअनुरूप व्यापार गर्न सकेनन् । एकाध फिल्मले बाहेक अरु फिल्म डुबे ।

चलचित्र विकास बोर्डमा साउनदेखि चैत्रको मध्येसम्म आइपुग्दा सयभन्दा बढी फिल्म दर्ता भएका छन् । चलचित्र विकास बोर्डमा साउनयता यो समाचार तयार पार्दासम्म १ सय १८ वटा फिल्म दर्ता भएको विकास बोर्डको रेकर्ड छ ।

यस्तै ९ महिनामा ९८ वटा फिल्म सेन्सर भएको विकास बोर्डले जनाएको छ । यसरी हेर्दा महिनामा दश वटा फिल्म रिलिज भएका छन् । जुन नेपाली बजारअनुसार निकै धेरै हो । नेपाली फिल्म धेरैभन्दा धेरै रिलिज भएका कारण पनि दर्शकले यतिबेला नेपाली फिल्म भन्नबित्तिकै नाक खुम्च्याउन थालेका छन् ।

फिल्म हेर्न दर्शक आउँदैनन्

एकैपटक हलमा चारवटासम्म फिल्म रिलिज भए पनि नेपाली फिल्म भने घरेलु दर्शकको नजरमा पर्न सकेका छैनन् । यतिसम्म कि, हलमा दर्शक ओराल्न सक्ने भनेर विश्वास गरिएका नायक अनमोल केसीको फिल्मले पनि माहोल बनाउन सकेन । पछिल्लो समय ‘छक्का पञ्जा’ सिरिजले भने राम्रो कमाइ गर्ने गरेका छन् । यता हल मालिकले पनि विदेशी फिल्मले चलाएर हल पाल्नुपरेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  २ : ०० बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना