राष्ट्रिय टोलीका प्रशिक्षक भन्छन्–सन्दीपले आज खेल्ने सम्भावना छैन « Khabarhub

राष्ट्रिय टोलीका प्रशिक्षक भन्छन्–सन्दीपले आज खेल्ने सम्भावना छैन


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेग स्पीनर सन्दीप लामिछाने यतिबेला भारतमा छन् । उनको टोली दिल्लीले आज घरेलु मैदानमा साविक विजेता टोली चेन्नई सुपर किङ्सविरुद्ध खेल्दैछ ।

दिल्लीले मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीपले मैदान उत्रिने अड्कलवाजी भएपनि दिल्लीले पहिलो खेलमा अवसर नदिएपछि आज चेन्नईविरुद्ध मैदान उर्तालान् कि भन्ने नेपाली क्रिकेट प्रसंशकको चाहना चाँसो यथावत छ ।

सन्दीपलाई लिएर विभिन्न विश्लेषण भइरहँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटा भने आजको खेलमा सन्दीप मैदान उत्रिने सम्भावना कम देख्छन्।

प्रशिक्षक टमटाले खबरहबसँग गरेको कुराकानी जस्ताजस्तैः

दिल्लीले अस्तीको खेल जितेको छ र आजको खेलमा पनि विजेता टिमलाई नै निरन्तरता दिन्छ जस्तो लाग्छ। किनभने, जितिरहेको टिमलाई ब्रेक गरेर अरुलाई राख्दा टिमलाई दबाब हुन्छ ।

फेरी मुम्बईविरुद्धको खेलमा लेग स्पीनरले नै विकेट लिएको छ । त्यसैले आजको खेलमा सन्दीपको सम्भावना कमै छ । अर्को खेलमा भने उनी मैदान उत्रन सक्छन । आज यो अवसर जुर्ला जस्तो लाग्दैन ।

मुम्बईविरुद्ध दिल्लीले स्कोर पनि राम्रो बनायो र स्पीनरहरुले पनि राम्रो खेलेका थिए । सन्दीप विदेशी कोटाबाट टिममा पर्ने हुन् । मुम्बईसँगको खेलमा दिल्लीका विदेशी कोटाका खेलाडीहरुले पनि राम्रो खेलेका छन् । सन्दीप बाहेक अन्य विदेशी खेलाडी अलराउण्डर नै छन् । त्यस्तो हुँदा आजको खेलमा सन्दीपको सम्भाव्यता कम भएको हो ।

एउटा मुमेन्टम छ । त्यो मुमेन्टम भइरहँदा अरुलाई टिममा राख्ने सम्भावना निकै कम रहन्छ । आजको खेलको नतिजा अनुसार आगामि खेलमा दिल्लीबाट सन्दीप मैदान उत्रिन्छन् ।

सन्दीप क्षमतावान खेलाडी हुन् । आईपीएल खेल्न त खेल्छन् तर, केहिसमय लाग्नसक्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १ : २० बजे

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको