राष्ट्रिय टोलीका प्रशिक्षक भन्छन्–सन्दीपले आज खेल्ने सम्भावना छैन « Khabarhub

राष्ट्रिय टोलीका प्रशिक्षक भन्छन्–सन्दीपले आज खेल्ने सम्भावना छैन


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेग स्पीनर सन्दीप लामिछाने यतिबेला भारतमा छन् । उनको टोली दिल्लीले आज घरेलु मैदानमा साविक विजेता टोली चेन्नई सुपर किङ्सविरुद्ध खेल्दैछ ।

दिल्लीले मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीपले मैदान उत्रिने अड्कलवाजी भएपनि दिल्लीले पहिलो खेलमा अवसर नदिएपछि आज चेन्नईविरुद्ध मैदान उर्तालान् कि भन्ने नेपाली क्रिकेट प्रसंशकको चाहना चाँसो यथावत छ ।

सन्दीपलाई लिएर विभिन्न विश्लेषण भइरहँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटा भने आजको खेलमा सन्दीप मैदान उत्रिने सम्भावना कम देख्छन्।

प्रशिक्षक टमटाले खबरहबसँग गरेको कुराकानी जस्ताजस्तैः

दिल्लीले अस्तीको खेल जितेको छ र आजको खेलमा पनि विजेता टिमलाई नै निरन्तरता दिन्छ जस्तो लाग्छ। किनभने, जितिरहेको टिमलाई ब्रेक गरेर अरुलाई राख्दा टिमलाई दबाब हुन्छ ।

फेरी मुम्बईविरुद्धको खेलमा लेग स्पीनरले नै विकेट लिएको छ । त्यसैले आजको खेलमा सन्दीपको सम्भावना कमै छ । अर्को खेलमा भने उनी मैदान उत्रन सक्छन । आज यो अवसर जुर्ला जस्तो लाग्दैन ।

मुम्बईविरुद्ध दिल्लीले स्कोर पनि राम्रो बनायो र स्पीनरहरुले पनि राम्रो खेलेका थिए । सन्दीप विदेशी कोटाबाट टिममा पर्ने हुन् । मुम्बईसँगको खेलमा दिल्लीका विदेशी कोटाका खेलाडीहरुले पनि राम्रो खेलेका छन् । सन्दीप बाहेक अन्य विदेशी खेलाडी अलराउण्डर नै छन् । त्यस्तो हुँदा आजको खेलमा सन्दीपको सम्भाव्यता कम भएको हो ।

एउटा मुमेन्टम छ । त्यो मुमेन्टम भइरहँदा अरुलाई टिममा राख्ने सम्भावना निकै कम रहन्छ । आजको खेलको नतिजा अनुसार आगामि खेलमा दिल्लीबाट सन्दीप मैदान उत्रिन्छन् ।

सन्दीप क्षमतावान खेलाडी हुन् । आईपीएल खेल्न त खेल्छन् तर, केहिसमय लाग्नसक्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १ : २० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको