अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन १ अर्ब अमेरिकी डलरको मञ्जुरी « Khabarhub

अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन १ अर्ब अमेरिकी डलरको मञ्जुरी


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राज्य अमेरिकाको रक्षा विभागले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि १ बिलियन (अर्ब) अमेरिकी डलर विनियोजनको मञ्जुरी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनका बेलादेखि नै मेक्सीको सीमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने बताउँदै आएका थिए ।

अमेरिकाको होमल्याण्ड सुरक्षा विभागले पेन्टागनलाई ९२ किलोमिटरसम्मको साढे ५ मिटर अग्लो पर्खाल बनाउन भनेको छ । साथै सडक सुधार र बिजुलीको व्यवस्था गर्न पनि भनेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए ।  राष्ट्रपति ट्रम्पको सीमा पर्खालका निम्ति संसदबाट बजेट स्वीकृत भएको छैन भने आपतकालीन घोषणाप्रति पनि अमेरिकी कङ्ग्रेसमा सहमति जुट्न सकेको छैन ।

विपक्षी डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिले संवैधानिक प्रावधानलाई दुरुपयोग गरी विशेषाधिकार (भिटो) प्रयोग गरेको भन्दै अदालतमा उजूरी समेत दिएको छ ।

अमेरिकी गृह विभागले रक्षा मन्त्रालयलाई मेक्सिको सीमामा ९२ किलोमिटर पर्खाल निर्माण गर्न अनुरोध गरिसकेको छ । प्रस्तावअनुसार पर्खाल निर्माणसँगै सडकको स्तरोन्नति गर्ने तथा तारबार र प्रकाशको उचित व्यवस्था गरिने छ ।

ह्वाइट हाउसले सन् २०२० को बजेट प्रस्तावमा पर्खाल निर्माणका लागि महत्वाकाँक्षी करिब ९ अर्ब डलर माग गर्ने तयारी गरेको छ । यसै वर्ष राष्ट्रपति ट्रम्पले करिब ६ अर्ब डलर माग गरेका थिए, तर अमेरिकी संसदले राष्ट्रपतिको उक्त प्रस्ताव अस्वीकार गरिरहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको