ट्रम्पको घोषणाप्रति साउदी अरेबियाको आपत्ति, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको टिप्पणी | Khabarhub Khabarhub

ट्रम्पको घोषणाप्रति साउदी अरेबियाको आपत्ति, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको टिप्पणी


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– ‘गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ’ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइप्रति साउदी अरेबियाले  आपत्ति जनाएको छ ।

सोमबार साउदी अरेबियाले उक्त भनाइप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपतिको यो घोषणाले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको पनि बताएको छ ।

सिरियाको प्रभुत्व रहेको गोलान हाइटस् इजरायलको हो भनी गरिएको अमेरिकी प्रशासनको निर्णयको साउदी अरेबियाले निन्दा समेत गरेको साउदी अरेबियाली समाचार समिति एसपिएले जनाएको छ ।

सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समेत उपस्थितिमा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले गोलान हाइट्स इजरायलको भएको भन्दै हस्ताक्षर गरेका समाचार आएको थियो ।

सन् १९६७ मा छ दिनको संघर्ष गरी सिरियाली सो भूमि इजरायलले आफ्नो कब्जामा लिएको थियो । हाल उक्त भूभाग इजरायलकै कब्जामा रहेको छ ।

लामो समयदेखि नै अन्तरराष्ट्रिय चासोको विषय बनेको गोलान हाइट्स अमेरिकाले इजरायली भूमीका रुपमा मान्यता दिएको जनाएको छ । यसले भविष्यमा मध्य पूर्वको शान्ति प्रक्रिया र सुरक्षा स्थायित्वमा नकारात्मक प्रभाव पार्ने साउदी अरेबियाले जनाएको छ ।

ह्वाइट हाउसमा भएको यस कार्यक्रमपछि र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देशको भलो चाहने व्यक्तिहरुमध्ये ट्रम्प पनि एक जना भएको बताएका थिए ।

गोलान हाइट्समा इजरायलको साभौमिकता स्वीकारको लागि लामो समयदेखि नेतान्याहु राष्ट्रपति ट्रम्पलाई पछ्याइ रहेका थिए ।

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच तर्कसङ्गत छलफल सोमबार हुने र मङ्गलबार दुई नेताले सँगै खाना खाने कार्यक्रम रहेको भएता पनि इजरायलको तेल अवीवको उत्तरमा पर्ने गाजा क्षेत्रमा रकेट प्रहार भएपछि नेतान्याहु आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए ।

नेतान्याहु केही घण्टा मात्र अमेरिका रहेका थिए । उनले राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरेका थिए । गोलान हाइट्स इजारायलको भएको अमेरिकी राष्ट्रपतिको हस्ताक्षरपछि उनी स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  २ : ५४ बजे

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो

तनहुँ – जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु

काठमाडौं – व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको