लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागिता « Khabarhub

लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागिता


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागीता हुने भएको छ ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई नेपालका लागी बङ्गलादेशी राजदूत मस्फी विन्ते साम्सले भेट गर्दै लगानी सम्मेलनमा बङ्गलादेशको सहभागिता हुने बताएका हुन् ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा पनि छलफल भएको थियो । भेटमा बङ्गलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी समेत दिए ।

राजदूत विन्तेले उर्जा क्षेत्रमा लगानीका लागी बङ्गलादेश सरकार इच्छुक रहेको बताउँदै द्विपक्षिय भेटमा नेपाल र बङ्गलादेशबीच उर्जा ब्यापार सम्बन्धी भएका समझदारीको आधारमा तय भएका विभिन्न कार्यक्रमहरुका बारेमा समेत समिक्षा भएको उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पुनका संचार सल्लाहकार रोशन खड्काले जानकारी दिए ।

भेटमा मन्त्री पुनले बङ्गलादेशमा केही समय अघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ५७ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई