रजस्वला हुँदा किन दुख्छ तल्लो पेट ? « Khabarhub

रजस्वला हुँदा किन दुख्छ तल्लो पेट ?


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रजस्वलाको समयमा धेरै किशोरी तथा महिलाको साझा समस्या तल्लो पेट  तथा ढाड दुख्नु हो । रजस्वला हुँदा यही समस्याका कारण धेरै महिलाहरुले आफ्नै दैनिक कार्य समेत गर्न सक्दैनन् ।

रजस्वला हुँदा प्रत्येक मासिक चक्रभन्दा अगाडि रागरस अर्थात हर्मोनको मात्रामा आउने परिवर्तनले पाठेघरको भित्री तहमा सूक्ष्म रक्तनलीहरुमा फैलन बन्द हुन्छ । जसले गर्दा पाठेघरको भित्री तहमा बनेको बाक्लो र नरम तह फुट्न गइ महिलामा रजस्वला हुन्छ ।

रजस्वलाको समयमा महिलामा हुने हार्मोनको परिवर्तनका कारण महिलाहरुमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, स्तन सार्हो हुने, दुख्ने कब्जयत हुने, थकित महसुस हुने, मांसपेशीहरु दुख्ने, अनुहारमा डन्डीफोर आउँने खान मन नलाग्ने, मानसिक तनाव बढ्ने लगायतका समस्याहरु उत्पन्न हुनसक्छ । यी लक्षणहरु सबै महिलालाई नहुनपनि सक्छ ।  रजस्वलाको समयमा यस्ता समस्या देखिएमा घरेलु उपायबाट पनि समस्यालाई कम गर्न सकिन्छ ।

रजस्वला हुँदा स्वास्थ्य समस्या देखिए यस्तो गर्नुस्

–तल्लो पेटमा हलुका तरिकाले मालिस गर्दा कडा मांसपेशी नरम हुन्छ ।

–तातो पानी रबरको थैली वा बोतलमा राखेर सक्ने ।

–ऐंसेलुको पात र अदुवाको धूलो राखेको तातो चिया वा पानी पिउने ।

–अत्यधिक रक्तस्राव भएका स्वास्थ्यकर्मीको परामर्शमा औषधि सेवन गर्ने ।

–रजस्वलाको समयमा महिलाहरुमा मानसिक चिन्ता, तनावको समस्या आउँन सक्छ ।

–कमजोर महसुस भएका आराम पनि गर्नुपर्छ ।

–आफूलाई असहज लाग्ने काम गर्नुहुँदैन ।

–रजस्वला प्राकृतिक अवस्था भएकाले रजस्वलाको समयमा हुने चिन्ता हटाउन नियमित योगा, प्राणायाम तथा व्यायाम गर्नुपर्छ ।

रजस्वलाको समयमा अत्यधिक रक्तस्राव बाहेका अन्य लक्षणहरु सामान्य हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ३० बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र