राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

भक्तपुरको चागुनारायणस्थित नेपाल इन्जिनियरङ कलेजको स्वामित्व विवादका सम्बन्धमा अख्तियारमा परेको उजुरी मिलाइ दिने भन्दै घुस लिएका पूर्व आयुक्त पाठकविरुद्ध मंगलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व आयुक्त पाठकविरुद्ध ७८ लाख रुपैयाँ बिगो र जरिवाना दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादका सम्बन्धमा परेको उजुरी मिलाइदिने भन्दै कलेजका सञ्चालक भनिएका लम्बोदर कुमार न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो ।

अख्तियारले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका आधार गरेको छानबिनबाट पाठकले घुस लिएको पुष्टि भएको जनाएको छ ।

पाठकलाई घुस दिने कलेज सञ्चालक न्यौपानेविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले न्यौपानेविरुद्ध पनि ८७ लाख रुपैयाँ बिगो तथा जरिवाना माग दावी गरेको छ ।

अख्तियारले पाठकविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (३) को उपदफा (१) बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ । जसअनुसार बिगो बमोजिम जरिवाना र ५० लाखदेखि १ करोडसम्म घुस लिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

आयुक्त पाठकका भाइ शुभ नारायण पाठकले लिएको १५ लाख रुपैयाँ घुसको सम्बन्धमा भने छुट्टै अनुसन्धान गर्ने जनाएको छ । यसअघि शुभनारायणले नेपाल इन्जिनियरिङ कलेज प्रकरणमै १५ लाख रुपैयाँ घुस लिएको तथ्य सार्वजनिक भएको थियो ।

अख्तियारले भने छानबिनका क्रममा शुभनारायणले लिएको भनिएको १५ लाख रुपैयाँ घुस कलेजसँग सम्बन्धित नभएको पत्ता लागेको जनाएको छ । जसकारण शुभनारायणले लिएको १५ लाख रुपैयाँ घुसका सन्दर्भमा छुट्टै अनुसन्धान हुने अख्यितारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : २७ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका