नेपाली टोली स्वदेश फर्कियो | Khabarhub Khabarhub

नेपाली टोली स्वदेश फर्कियो


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि कुवेत पुगेको नेपाली टोली स्वदेश फर्किएको छ । एक साता अघि कुवेत गएको टोली मंगलबार नेपाल फर्किएको हो ।

कुवेतको राष्ट्रिय टोलीसँग नेपालली राष्ट्रिय टोलीले दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतसँग नेपाली टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेले पनि दोस्रो खेलमा हार ब्यहोरेको थियो ।

कुवेतविरुद्धको खेलमा राष्ट्रिय टोलीका केही नियमित खेलाडी एएफसी यु—२३ खेल्न गएपछि घरेलु प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरिरहेका खेलाडीलाई लिएर मुख्य प्रशिक्षक योहान कालिन कुवेत पुगेका थिए ।

कुवेतमा नेपालका ६ जना खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरे । नेपालभन्दा फिफा बरियतमा माथि रहेको कुवेतसँगको खेल सुखद् भएको प्रशिक्षक कालिनले बताएका छन् ।

दुवै खेल बराबरी खेल्ने लक्ष्य रहे पनि नेपाली टोली दोस्रो खेलमा १—० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ७ : २३ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार