अर्थशास्त्री दाहालको निधनप्रति ‘आईएसएसआर’द्वारा श्रद्धाञ्जली « Khabarhub

अर्थशास्त्री दाहालको निधनप्रति ‘आईएसएसआर’द्वारा श्रद्धाञ्जली


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थशास्त्री तथा आइएसएसआरका पूर्व कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मदनकुमार दाहालको असामयिक निधनप्रति श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले दरबारमार्गस्थिति पेभिलियन हलमा श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।

श्रद्धाञ्जली सभामा आइएसएसआरका अध्यक्ष प्राडा विश्वम्भर प्याकुरेल, प्राडा गोविन्द नेपाल, नरेश श्रेष्ठ, डा रवीन्द्र पाण्डे, डा दधि अधिकारी,डा नरेन्द्रमान श्रेष्ठ लगायतले स्व. दाहालप्रति श्रद्धाञ्जली अर्पण गरे ।

श्रद्धाञ्जली सभामा प्रा.डा. डिल्लिराज खनाल, डा. रधुवीर विष्ट, वीपिनध्वज कार्की, प्रा.डा. शरद शर्मा, मुक्तिबहादुर खत्री, डा शिव अधिकारी, कुसुम शाक्य, कृष्ण ओझा, सूरेन्द्रकुमार उप्रेती, माववीसिंह शाहले अर्थशास्त्र क्षेत्रमा स्व. दाहालले पु¥याएको योगदानलाइ स्मरण गरे ।

त्यसैगरी विजय श्रेष्ठ, प्रकाशराज सापकोटा, रामचन्द्र भट्टराई, कोमलराज ढुंगेल, शर्मिला आचार्य, अनुपन खुजेली, झुमा शर्मा पाण्डे, यमबहादुर कार्की, डा. चक्र खड्का, भावुक राज न्यौपाने लगायतले स्व दाहालको अवसानले एक आदर्श व्यक्ति गुमाएकोमा उनको आत्माको चीर शान्तिको कामना गरे ।

वि.सं. २००४ सालमा जन्मिएका दाहालको ७२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । पेटको रोगबाट ग्रसित अर्थशास्त्री दाहालको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज (केएमसीमा) निधन भएको हो ।

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक दाहालले देशको आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण कदम चालेका थिए । स्वर्गीय दाहालसँग सार्वजनिक वित्त तथा करका विषय धेरै जानकारी थियो । उनीसँग नेपाल सरकार अर्थमन्त्रालयले पनि आर्थिक विकासका विषयमा नियमित सल्लाह लिने गरेको थियो ।

स्वर्गीय दाहालले एसियाली विकास बैंकका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा पनि काम गरेका थिए । मेघा बैंकका पहिलो सञ्चालक समिति अध्यक्ष समेत रहेका थिए ।

दाहाल नेपाल आर्थिक संघका पूर्वअध्यक्ष पनि थिए । विभिन्न आर्थिक क्षेत्रमा काम गर्ने संस्थाको नेतृत्व गरेका दाहालले देशको आर्थिक विकासका लागि विभिन्न योजना पनि अघि सारेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ४२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने