लगानी सम्मेलन : ७७ परियोजना ‘शो केश’मा « Khabarhub

लगानी सम्मेलन : ७७ परियोजना ‘शो केश’मा


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा कूल ७७ वटा परियोजनालाई ‘शो केश’ मा राखिने भएको छ । यही चैत १५ र १६ गते काठमाडौँमा हुने सम्मेलनमा सरकारकोतर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ वटा आयोजना समावेश गरिएको छ ।

सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको लगानी बोर्डले जानकारी दिएको छ । सम्मेलनको तयारीका बारेमा अवगत गराउन मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बोर्ड बैठकले सम्मेलनमा सहभागी हुने पाहुनालाई उच्चस्तरको आतिथ्यता प्रदान गर्ने निर्णय पनि गरेको छ । यस अघि गोर्खा भूकम्पपछि २०७२ साल असार १० गते लगानी सम्मेलन भएको थियो ।

सम्मेलनको तयारीका बारेमा चासो व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागीलाई प्रदान गर्ने आतिथ्यतामा कुनै पनि कमी कमजोरी हुन नदिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै अधिकारीले भने “हाम्रा जे–जस्ता भौतिक संरचना छन् । त्यसआधारमा सहभागीलाई प्रदान गरिने कुनै पनि किसिमको आतिथ्यतामा कमी नहोस्, गुणस्तरीय सेवा दिनेतर्फ केन्द्रित हुनुहोस् ।”

६०० बढी विदेशी सहभागी हुने

लगानी स्म्मेलनमा विभिन्न मुलुकका ६०० बढी प्रतिनिधि तथा लगानीकर्ता सहभागी हुने छन् । स्वदेशभित्रबाट पनि सहभागिताका लागि उत्साहपूर्ण चासो व्यक्त भएको छ । यस्तै विभिन्न देशमा रहेका गैरआवासीय नेपालीसमेत सहभागी हुनेछन् ।

सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री र बोर्डका सदस्यलाई जानकारी गराउन आयोजना गरिएको उक्त बैठकमा सम्मेलनको तयारीबारेमा समीक्षा भएको उल्लेख गर्दै उहाँले स्वदेश तथा विदेशबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सम्मेलनका क्रममा एक दर्जनजति परियोजनाका समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिए । ऊर्जा, पर्यटनजस्ता क्षेत्रसँग जोडिएका परियोजनाका प्रवद्र्धकसँग उक्त समझदारी हुने र थप विवरण भने बुधबार सार्वजनिक गरिने उहाँको भनाइ थियो । सम्मेलनमा विदेशी लगानीकर्ताका अलावा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता बैंक तथा वित्तीय संस्थाकोसमेत सहभागिता रहनेछ ।

ठूलो सम्मेलन केन्द्र नहुँदाको पीडा

अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र नहुँदा समस्या भएको भन्दै बैठकमा प्रधानमन्त्रीले कम्तीमा अस्थायीरुपमा नै भए पनि तीन हजार जना अट्ने सम्मेलन केन्द्रको व्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिए ।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सङ्घीय संसद् भवनका रुपमा प्रयोगमा आएका कारण अन्य सुविधासम्पन्न सम्मेलन केन्द्र नभएका कारण यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम स्थलको अभाव खड्किँदै आएको छ । सम्मेलन केन्द्रको अभावमा यसपटकको अन्तर्राष्ट्रिय सम्मेलन पनि होटल सोल्टीमा आयोजना गरिनेछ ।

प्रधानमन्त्रीले सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्ने सम्मेलन केन्द्रको तयारी गर्नुपर्नेमा सम्बद्ध निकायको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ९ : १४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह