एएफसी–१९ महिला च्याम्पियनसिप : नेपाल अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दै « Khabarhub

एएफसी–१९ महिला च्याम्पियनसिप : नेपाल अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दै


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय यु–१९ महिला फुटबल टोलीले आज (शुक्रबार) एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा आज नेपाल र अष्ट्रेलियाबीचको खेल हुनेछ । पहिलो खेलमा अष्ट्रेलियालाई रोक्दै सुखद सुरुवातको गर्ने नेपाली टोलीको लक्ष्य छ ।

फिफा वरियतामा अष्ट्रेलिया ४१ औं स्थानमा छ भने नेपाल १६० औं स्थानमा छ । त्यसैले अष्ट्रेलियाविरुद्ध नेपाल रक्षात्मक खेल्ने योजनामा छ ।

छनोटमा नेपालले अष्ट्रेलियापछि नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।

गत कार्तिक दोस्रो साता थाइल्याण्डमा भएको पहिलो चरणको छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले तीन खेलबाट ६ अंक बनाउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

नेपाली टोली :

गोलकिपर : अन्जना राना मगर, रेबिका राई, उषा नाथ

डिफेण्डर : निशा थोकर, रोजिना श्रेष्ठ, सुष्मा महर्जन, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर

मिडफिल्डर : सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती

फरवार्ड : रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : ५० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको