दक्षिण अफ्रिकाका खेलाडी डाले स्टेन्ली आईपीएल नखेल्ने « Khabarhub

दक्षिण अफ्रिकाका खेलाडी डाले स्टेन्ली आईपीएल नखेल्ने


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वकप क्रिकेट शुरु हुन एक महिनामात्रै बाँकी हुँदा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डाले स्टेन्ली सोल्जर इन्जुरीको समस्यामा परेका छन् ।

दक्षिण अफ्रिकाको विश्वकप टोलीमा अटाएका उनको दाहिने हातको सोल्जरमा चोट लागेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) बीचमै छाडेर दक्षिण अफ्रिका फर्किएका छन् ।

आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरमा रहेका उनी चेन्नई सुपर किङ्सविरुद्धको खेलमा चोट लागेको थियो ।

दक्षिण अफ्रिकाका लागि टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खलाडी डाले भारतबाट दक्षिण अफ्रिका फर्किसकेका छन् । स्वदेश फर्किएसँगै उनी आईपीएल खेल्ने छैनन् । उनले दक्षिण अफ्रिकाका सोल्जर विशेषज्ञसँग उपचार शुरु गरिसकेका छन् ।

उपचारमा संलग्न डाक्टरले उनलाई मे १९ मा टोली इग्ल्यान्डका लागि निस्किनु अगाडि उनी फिट हुने बताएका छन् । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेल मे ३० मा आयोजक इग्ल्यान्डमा खेल्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ८ : ०४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया