दूषित पानी पिउँदा एकै गाउँका ९८ जना बिरामी « Khabarhub

दूषित पानी पिउँदा एकै गाउँका ९८ जना बिरामी


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


तम्घास– गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ बिरामी परेका छन् ।

बिरामीमध्ये ३ जनाको गुल्मी अस्पताल तम्घास, १ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य ६ जनाको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी शिविरमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जनाकारी दिए ।

बिरामी परेकामध्ये स्थानीय कुमारी सिंजालीको अवस्था गम्भीर रहेको बताइएको छ । उक्त ठाउँमा अचानक मंगलबार केही मानिस सामान्य रुपमा बिरामी परेको र त्यसपछि विस्तारै मानिस बिरामी पर्दै जान थालेपछि नगरपालिकाले बिहीबार जिल्ला जनस्वास्थ्यको टोलीलाई खबर गरेपछि जिल्ला जनस्वास्थ्यको टोली उक्त क्षेत्रमा पुगेर शिविर सञ्चालन गरी बिरामीको उपचार गरेको थियो ।

दूषित पानी सेवन गरेका कारण बिरामी परेका अधिकांश मानिसमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको शिविरमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत महेश श्रेष्ठले बताए । दूषित पानीका कारण मानिस बिरामी परेपछि मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले उक्त पानी कसरी दूषित भयो भन्नेबारेमा पानीको परीक्षण गरिने बताए ।

उक्त ठाउँमा फैलिएको झाडापखाला अहिले नियन्त्रणमा आएको र सामान्य बनेको बताइएको छ । जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले स्थिति सामान्य बन्दै गएको भन्दै बिरामी थप उपचार गरेर सदरमुकाम तम्घास फर्किएको बताएका छन् ।

उक्त ठाउँमा अहिले स्थानीयस्तरमा रहेका छ स्वास्थ्यकर्मी अस्थायी शिविरमा रहेका बिरामीको रेखदेखमा खटिएका छन् । खानेपानीको समस्या भएको उक्त ठाउँमा नुरखोलाबाट बगेको दूषित पानी स्थानीयवासीले उपभोग गर्न बाध्य बनेको स्थानीय हरि छन्तेलले बताए।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ११ : ०२ बजे

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की – पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

सिरहा – सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख