विवादपछि राष्ट्रपतिको हुवाए भ्रमण रद्द « Khabarhub

विवादपछि राष्ट्रपतिको हुवाए भ्रमण रद्द


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको हुवाए भ्रमण विवादका कारण रद्द भएको छ । बेइजिङस्थित नेपाली दूतावासले पूर्वतालिका बिनानै दूरसञ्चार कम्पनी हुवाएको भ्रमण राखेको थियो ।

विना तयारीको भ्रमणका विषयमा उत्पन्न विवाद नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीच आइपुगेपछि राष्ट्रपतिको हुवाए भ्रमण स्थगित भएको हो ।
नेपालसहित अन्तर्राष्ट्रिय समूदायमा पनि हुवाए कम्पनी विवादमा रहेको कम्पनीको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएपछि भ्रमण दलका सदस्यहरुबीच मत बाझिएको थियो ।

भ्रमण कार्यतालिका भन्दा फरक दूतावासले तयार पारेको भ्रमण तालिका अनुसार भ्रमणमा जान नमिल्ने भन्दै परराष्ट्रमन्त्री, परराष्ट्र सचिवले बताएका थिए ।

पछिल्लो समय हुवाएविरुद्ध अमेरिकाले प्राविधिक युद्ध पनि चलाउँदै आएको छ । गत डिसेम्बरमा मा हुवायकी प्रमुख वित्तीय अधिकारी मेङ वान्झुलाई क्यानाडामा पक्राउ गरेको थियो । हाल उनलाई अमेरिकामा सुपुर्दगी गर्ने विषयमा क्यानाडेली अदालतमा मुद्दा चलिरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १२ : ०१ बजे

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’