सैनिक कर्मचारीलाई सदाचारमा रही होसियारीपूर्वक जिम्मेवारी सम्हाल्न निर्देशन « Khabarhub

सैनिक कर्मचारीलाई सदाचारमा रही होसियारीपूर्वक जिम्मेवारी सम्हाल्न निर्देशन


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सङ्गठनको छवि नै धमिल्याउने गरी हुने लापरवाहीलाई क्षमा नदिइने भन्दै सैनिक सदाचारमा रही होसियारीपूर्वक जिम्मेवारी सम्हाल्न सकल दर्जालाई निर्देशन दिएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा ‘सैनिक सदाचारको उत्साह’ भन्ने मूल ‘भावना’सहित आयोजित आचारसंहिता सप्ताह समापन समारोहमा निमित्त बलाधिकृत रथी शरदकुमार गिरीले विकृति, विसङ्गति वा संस्थागत मूल्य मान्यता र नैतिकतासँग नसुहाउने खाले क्रियाकलाप क्षमा नदिइने बताए । उ पु¥याउनेछ ।”

उत्कृष्ट सैनिक अनुशासन र आचरणसहितको सैनिक चरित्र विकास गर्न सेनाले हरेक वर्षको पहिलो महीनाको पहिलो साता सप्ताह व्यापीरुपमा आचारसंहिता सञ्चालन गर्ने निर्णय गरेको हो । संस्थाका मूल्यमान्यता, सिद्धान्त र आदर्शभित्र रही सेनाले गर्नुपर्ने, गर्न हुने र गर्न नहुने विषयमा सप्ताहका क्रममा सकल दर्जालाई प्रशिक्षण दिने गरिन्छ ।

नेपाली संस्कृति, पहिचान र भौगोलिक अवस्थिति बुझेका कारण विश्वका प्राचीन थोरै स्वतन्त्र मुलुकको सूचीमा नेपाललाई राख्न सफल हुनु गौरव हो भन्दै सेनाले अकल्पनीय सङ्कटको अवस्थामा अदम्य साहस, बफादारीको भावनाबाट कमाएको ख्यातिलाई जोगाउन सदाचार र सैनिक अनुशासनमा रहन आवश्यक रहेको सेनाको भनाइ रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ३ : २१ बजे

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर

गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा

शैक्षिक परामर्श व्यवसाय व्यवस्थित बनाउन नयाँ नियमावली तत्काल जारी गर्नुपर्नेमा जोड

काठमाडौं- शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन प्रस्तावित