११ प्रतिशत जनसंख्या बेरोजगार, पारिश्रमिकमा विभेदीकरण « Khabarhub

११ प्रतिशत जनसंख्या बेरोजगार, पारिश्रमिकमा विभेदीकरण


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं –  केन्द्रीय तथ्यांक विभागले देशको कूल जनसंख्याको ११.४ प्रतिशत जनता बेरोजगारी रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

देशको कूल जनसंख्या २ करोड ७ लाख ४४ हजार छन् । ती मध्ये ७० लाख ८६ हजार जनसंख्या विभिन्न क्षेत्रमा रोजगारी रहेको जनाइएको विभागले  शुक्रबार सार्वजानिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

जसमा बेरोजगारीको संख्या ९ लाख ८ हजार रहेको जनाइएको छ । विभागको तंथ्याकमा सबैभन्दा बढी पुरुष ५ लाख ११ हजार बेरोजगारी रहेका छन् । भने ३ लाख ९७ हजार महिला बेरोजगार रहेको विभागको तंथ्याकमा जनाइएको छ । १५ वर्ष वा सो भन्दा बढी उमेर समूह युवा धेरै रोजगारीको दायराभन्दा बाहिर रहेको विभागले सार्वजानिक गरेको तंथ्याकमा छ ।

श्रमिकले पाउने पारिश्रमिकमा पनि विभेद रहेको विभागले औंल्याएको छ । औषत आम्दानी १७ हजार ८ सय ९ रुपैयाँ रहेको छ । पुरुषले १९ हजार ४ सय ६४ र महिलाले १३ हजार ६ सय ६० रुपैयाँ आम्दानी मासिक रुपमा गर्ने गरेको विभागले जनाएको छ । महिलाले पुरुषको तुलनामा मासिक ५ हजार ८ सय ३४ रुपैयाँ कम पारिश्रमिक पाउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

१ करोड २७ लाख ५० हजार जनसंख्या श्रमशक्ति भन्दा बाहिर रहेको जनाइएको छ । जसमा पुरुषको संख्या ४२ लाख ५० हजार र महिला ८५ लाख रहेको उल्लेख छ । रोजगारीमा रहेका जनसंख्यामध्ये ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्र बसोबस गर्ने विभागको तंथ्याकमा छ ।

रोजगारीमा रहेका पुरुषमध्ये सहरमा ६८ प्रतिशत र ग्रामीणमा ३२ प्रतिशत रहेका छन् । यस्तै, रोजगारीमा रहेका महिलाहरुमध्ये ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ६ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै