११ प्रतिशत जनसंख्या बेरोजगार, पारिश्रमिकमा विभेदीकरण « Khabarhub

११ प्रतिशत जनसंख्या बेरोजगार, पारिश्रमिकमा विभेदीकरण


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं –  केन्द्रीय तथ्यांक विभागले देशको कूल जनसंख्याको ११.४ प्रतिशत जनता बेरोजगारी रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

देशको कूल जनसंख्या २ करोड ७ लाख ४४ हजार छन् । ती मध्ये ७० लाख ८६ हजार जनसंख्या विभिन्न क्षेत्रमा रोजगारी रहेको जनाइएको विभागले  शुक्रबार सार्वजानिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

जसमा बेरोजगारीको संख्या ९ लाख ८ हजार रहेको जनाइएको छ । विभागको तंथ्याकमा सबैभन्दा बढी पुरुष ५ लाख ११ हजार बेरोजगारी रहेका छन् । भने ३ लाख ९७ हजार महिला बेरोजगार रहेको विभागको तंथ्याकमा जनाइएको छ । १५ वर्ष वा सो भन्दा बढी उमेर समूह युवा धेरै रोजगारीको दायराभन्दा बाहिर रहेको विभागले सार्वजानिक गरेको तंथ्याकमा छ ।

श्रमिकले पाउने पारिश्रमिकमा पनि विभेद रहेको विभागले औंल्याएको छ । औषत आम्दानी १७ हजार ८ सय ९ रुपैयाँ रहेको छ । पुरुषले १९ हजार ४ सय ६४ र महिलाले १३ हजार ६ सय ६० रुपैयाँ आम्दानी मासिक रुपमा गर्ने गरेको विभागले जनाएको छ । महिलाले पुरुषको तुलनामा मासिक ५ हजार ८ सय ३४ रुपैयाँ कम पारिश्रमिक पाउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

१ करोड २७ लाख ५० हजार जनसंख्या श्रमशक्ति भन्दा बाहिर रहेको जनाइएको छ । जसमा पुरुषको संख्या ४२ लाख ५० हजार र महिला ८५ लाख रहेको उल्लेख छ । रोजगारीमा रहेका जनसंख्यामध्ये ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्र बसोबस गर्ने विभागको तंथ्याकमा छ ।

रोजगारीमा रहेका पुरुषमध्ये सहरमा ६८ प्रतिशत र ग्रामीणमा ३२ प्रतिशत रहेका छन् । यस्तै, रोजगारीमा रहेका महिलाहरुमध्ये ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ६ : २३ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै