सगरमाथा आधार शिविरबाट क्याम्प तीनसम्म बाटो खुला « Khabarhub

सगरमाथा आधार शिविरबाट क्याम्प तीनसम्म बाटो खुला


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साेलुखुम्बु – सगरमाथा आरोहणका लागि आधार शिविरबाट क्याम्प तीनसम्म जाने बाटो खुलेको छ । पर्वतारोहण सञ्चालक सङ्घका अध्यक्ष डम्बर पराजुलीका अनुसार बिहीबारदेखि क्याम्प तीनसम्मको बाटो खुलेको हो ।

आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का आइसफल डक्टरले बनाउँछन् भने त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घको टोलीले बनाउने गर्छ ।

“आठ जनाको टोलीले बिहीबार क्याम्प तीनसम्मको बाटो बनाइसकेका छन्”, सङ्घका अध्यक्ष पराजुलीले भने, “केही दिनमै क्याम्प चार हुँदै चुचुरोसम्मको बाटो बनाउने काम शुरु हुन्छ ।”

चैतको अन्तिम साता ‘एसपिसिसी’बाट खटिएका १० जना आइसफल डाक्टरको टोलीले हिम खाल्डा, हिम नदीमा भ¥याङ राख्ने र डोरी टाङ्ने काम सकेपछि क्याम्प तीनतर्फको बाटो बनाउने काम शुरु भएको थियो ।

“बाटो खुलाउनका लागि मौसम अनुकूल हुनुपर्छ, त्यसमाथि पनि डोरी, स्नोबारलगायतको करीब ७० भारीभन्दा बढी सामानसहित जानुपर्छ”, अध्यक्ष पराजुलीले भने, “सामान्यत विगत वर्षलाई हेर्दा मेको १२ देखि १८ सम्ममा शिखर चढ्ने वातावरण बनिसक्छ ।”

आठ सयले आरोहण गर्ने

देशको २७ हिमाल आरोहणका लागि ८२० आरोहीले आरोहण अनुमति पाएका छन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार बिहीबारसम्म विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालको शिखर चुम्न ९८ समूहले अनुमति पाएका हुन् ।

आरोहणदलमा सबैभन्दा बढी सगरमाथा क्षेत्र आउने आरोही रहेको पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । उनका अनुसार सगरमाथा आरोहणका लागि ३८ समूहका ३७५ जनाले अनुमति पाएका छन् । यो गत वर्षको तुलनामा ११ जनाले बढी हो ।

सगरमाथा नजिकै रहेको लोत्से हिमाल आरोहणका लागि १० समूहका ९२ जनाले अनुमति लिएका छन् भने नुत्से हिमाल आरोहणका लागि तीन समूहका ३७, आमादब्लमका लागि पाँच समूहका ४९, कञ्चनजङ्घा हिमाल आरोहणका लागि छ समूहका ३४, मकालुका लागि चार समूहका ५३, अन्नपूर्णका लागि तीन समूहका २३ जनासहित अन्य २७ हिमाल आरोहणका लागि ८२० आरोहीले अनुमति पाएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १० : १५ बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी