दलका घोषणापत्र : एजेण्डा कागजमै सीमित, केबल जनमत जुटाउने अस्त्र ! « Khabarhub

दलका घोषणापत्र : एजेण्डा कागजमै सीमित, केबल जनमत जुटाउने अस्त्र !


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेस लगायतका दलले संसदीय निर्वाचनताका जनस्वास्थयबारे विभिन्न नारा अघि सारेका भएपनि कार्यान्वयनफर्त खासै चासो देखाएको पाइँदैन ।

यो समाचार आजको राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ । विभिन्न दलले जनस्वास्थ्यबारे आकर्षक नारा प्रस्केका भए पनि ती नारा कागजमै सीमित भएका छन् । यसले दलहरुको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको छ । निर्वाचनपछि नेकपा दुई तिहाई नजिक पुगेको भए पनि उसका चुनावी एजेन्डा कागजमै अलपत्र बनेका छन् ।

नेकपाले आफ्नो चुनावी घोषणापत्रमा नगरपालिकाको केन्द्रमा ५० शय्याको अस्पताल बनाउने, प्रत्येक वडामा दक्ष जनशक्ति सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने, बलमृत्युदर शून्यमा झार्ने, सवै प्रदेशमा १ हजार शय्याको अस्पताल बनाउन लगायतका महत्वपूर्ण विषयहरु उल्लेख थिए । तर ती मध्य अधिकांश एजेण्डा कागजमै सीमित बनेका छन् ।

नेकपाको सरकार गठनपछि नीति तथा कार्यक्रम दुई पटक आइसकेको भएपनि घोषणापत्रमा रहेका स्वास्थ्यसम्बन्धी अधिकांश बुँदा त्यसमा समेटिएका छैनन् । यसले आम जनतामा निराशा छाउँदै आएको छ ।

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्रमिक रुपमा पार्टीको घोषणापत्रलाई कार्यान्वयनमा ल्याइने दाबी गरेका छन् । त्यस्तै नेकपाका नेता योगेश भट्टराईले घोषणापत्रमा समेटिएका कार्यक्रम सरकारको आगामी नीति तथा कार्यक्रममा समेटिने दाबी गर्दै अहिलेको नीति तथा कार्यक्रममा केही विषयहरु समेटिएको बताएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ५ : ३० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले