मेस्सीले गोल गर्दा पनि कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेन « Khabarhub

मेस्सीले गोल गर्दा पनि कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेन


१२ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस कोपा डेल रे फुटतबल प्रतियोगितामा फाइनलमा बार्सिलोना पराजित भएको छ ।

स्पेनको दोस्रो लिग जित्ने लक्ष्यमा रहेको बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले एक गोल गर्दा पनि टोली भ्यालेन्सियासँग पराजित भएको हो ।

फाइनलमा बार्सिलोना भ्यालेन्सियासँग २–१ गोल अन्तरले पराजित भएपछि सिजनको दोस्रो उपधि उचाल्न लक्ष्य तुहिएको हो ।

बार्सिलोनाविरुद्ध भ्यालेन्सियाका गामिनिरयोले २१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ३३ औं मिनेटमा रोद्रिगोले अर्को गोल थपेपछि पहिलो हाफमै भ्यालेन्सिया २–० गोलले अघि रहेको थियो ।

तर, खेलको ७३ औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बार्सिलोनाका लागि गोल फर्काए। खेल २–१ अवस्थामा रहेपनि बार्सिलोनाले गोल थप्न नसक्दा पराजित हुनु परेको हो ।

यो सिजन ला लिगाको उपाधि उचालेको बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित भएको थियो।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  १० : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको