जाजरकोटका स्वास्थ्यकर्मीलाई वर्षामा बिदा नबस्न निर्देशन « Khabarhub

जाजरकोटका स्वास्थ्यकर्मीलाई वर्षामा बिदा नबस्न निर्देशन


१२ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – स्वास्थ्य सेवा विभागले जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीलाई काज वा बिदामा नबस्न निर्देशन दिएको छ । वर्षा शुरु हुने समयमा जाजरकोटमा झाडापखाला, स्वाइनफ्लु जस्ता रोगकोको महामारी हुनसक्ने भएकाले रोगको माहामारी आउन नदिन यसवर्ष स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको हो ।

जाजरकोटामा झाडापखाला र स्वाइनफ्लुबाट २ सय ५० भर्ना बढीको मृत्यु भइसकेको भन्दै विभागले रोगको माहामारीमा समयमै स्वास्थ्यमर्कीलाई सचेत गराएको जाजरकोटका प्रमूख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

२०६६ सालमा जाजरकोटका केही दुर्गम गाउँमा देखिएको झाडापखालाका कारण ५० हजार मानिस प्रभावित भए भने १५३ को मृत्यु भएको थियो । यस्तै २०७१ साल चैत र २०७२ वैशाखमा पुनः जाजरकोटमै सिजनलफ्लुबाट २७ को मृत्यु भयो । २०७४ साल माघमा जिल्लाको जुनीचाँदेमा फैलिएको रुघाखोकीबाट १२ को मृत्यु भयो । सयौँ बिरामी परे ।

जाजरकोटमा एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य केन्द्र छन् । भौगोलिक रूपमा निकै विकट रहेको जाजरकोटमा ७७ वडा छन् । सरकारले एक वडा एक स्वास्थ्य संस्था बनाउने नीतिगत निर्णय गरिसकेको भए पनि यहाँ ३५ स्वास्थ्य संस्था छन् भने बाँकी ४२ वडा स्वास्थ्य संस्थाबिहीन छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  १ : ०१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल