जाजरकोटका स्वास्थ्यकर्मीलाई वर्षामा बिदा नबस्न निर्देशन « Khabarhub

जाजरकोटका स्वास्थ्यकर्मीलाई वर्षामा बिदा नबस्न निर्देशन


१२ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – स्वास्थ्य सेवा विभागले जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीलाई काज वा बिदामा नबस्न निर्देशन दिएको छ । वर्षा शुरु हुने समयमा जाजरकोटमा झाडापखाला, स्वाइनफ्लु जस्ता रोगकोको महामारी हुनसक्ने भएकाले रोगको माहामारी आउन नदिन यसवर्ष स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको हो ।

जाजरकोटामा झाडापखाला र स्वाइनफ्लुबाट २ सय ५० भर्ना बढीको मृत्यु भइसकेको भन्दै विभागले रोगको माहामारीमा समयमै स्वास्थ्यमर्कीलाई सचेत गराएको जाजरकोटका प्रमूख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

२०६६ सालमा जाजरकोटका केही दुर्गम गाउँमा देखिएको झाडापखालाका कारण ५० हजार मानिस प्रभावित भए भने १५३ को मृत्यु भएको थियो । यस्तै २०७१ साल चैत र २०७२ वैशाखमा पुनः जाजरकोटमै सिजनलफ्लुबाट २७ को मृत्यु भयो । २०७४ साल माघमा जिल्लाको जुनीचाँदेमा फैलिएको रुघाखोकीबाट १२ को मृत्यु भयो । सयौँ बिरामी परे ।

जाजरकोटमा एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य केन्द्र छन् । भौगोलिक रूपमा निकै विकट रहेको जाजरकोटमा ७७ वडा छन् । सरकारले एक वडा एक स्वास्थ्य संस्था बनाउने नीतिगत निर्णय गरिसकेको भए पनि यहाँ ३५ स्वास्थ्य संस्था छन् भने बाँकी ४२ वडा स्वास्थ्य संस्थाबिहीन छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  १ : ०१ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित