सगरमाथामा यसकारण हुन्छ ‘ट्राफिक जाम’ « Khabarhub

सगरमाथामा यसकारण हुन्छ ‘ट्राफिक जाम’


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथामा पुग्नु जो कोहीको सपना हुन्छ । निकै जोखिमपूर्ण यात्रापछि संसारकै सबैभन्दा अग्लो शिखर सगरमाथामा पुग्न सकिन्छ ।

तर, विश्वको सर्वोच्च शिखर र त्यसमा पनि कष्ठकर यात्रा गर्नका लागि सगरमाथा पुग्नेको संख्या भने कम छैन । जसका कारण सगरमाथामा जाम नै परेको समाचार र फोटोहरु बाहिरएका छन् ।

आरोहणका क्रममा १० जनाको मृत्यु

सगरमाथा आरोहणका क्रममा यो सिजन १० जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो पटक सगरमाथाको चुचुरोमा पुगेर फर्केने क्रममा शनिवार एक बेलायती नागरिक र त्यसको एक दिन अगाडि शुक्रबार आयरल्याण्डका नागरिकको मृत्यु भएको थियो । पछिल्लो हप्तामा मात्रै भारतका चार, नेपाल, अस्ट्रेलिया र अमेरिकाका एक–एक पर्वतारोहीको मृत्यु भएको छ ।

आखिर किन बढ्यो त सगरमाथामा जाम ?

सडकमा सवारी जाम हुने समाचार नयाँ र कसैका लागि पनि नौलो होइन । तर विश्वको सर्वोच्च शिखरमा जाम भएको विषय भने निकै आश्चर्य लाग्ने खालको भएको भन्दै केही दिन अघि समाचारहरु बाहिरिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि यो समाचारलाई निकै प्राथमिकता र चासोका साथ प्रकाशन गरेका थिए ।

यो सिजनमा सगरमाथा आरोहण गर्ने आरोहीको भीड बढ्दा ट्राफिक जामको अवस्था सिर्जना हुन पुगेको छ । हिमाल आरोहीको मृत्यु हुने क्रम बढेसँगै पर्वतारोही निर्मल पुर्जाले खिचेको सगरमाथाको जामको एक तस्वीरलाई लिएर यति बेला विश्वको ध्यान तानेको छ ।

यो वर्ष नेपाल सरकारले ३ सय ८१ आरोहण दललाई सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरेको छ । उनीहरुबाट ११ हजार डलरको दरले अनुमति शुल्क लिइएको छ ।

एउटै सिजनमा यति धेरै अनुमति प्रदान गरेकोप्रति आलोचना शुरु भएको छ ।

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार सगरमाथामा यस किसिमको भीड प्राय भइरहने गर्छ ।

लामो लाइनका कारण पर्वतारोहीले २० मिनेटदेखि डेढ घण्टासम्म पर्खनु पर्ने बाध्यता रहेको उनले बताए ।

हिमाल आरोहणका लागि आरोहीहरु अनुकुल मौसमको पर्खाइमा रहेका हुन्छन् । प्रतिकुल मौसमका कारण हिमाल आरोहणमा बाधा पुग्ने भएकाले आरोहीहरु मौसम सफा हुने बित्तिकै आरोहणमा लाग्न लागि कुरिरहेका हुन्छन् ।

मौसम सफा हुने वित्तिकै एकपटक आरोहीहरु सगमाथा चढ्न शुरु गर्ने भएका कारण सगरमाथामा जाम परेको हो ।

हिमाल आरोहणको सिजनमा प्राय आरोहीहरुको यस किसिमको भीड तथा लाइन लाग्ने गरेको स्थानीय गाइडहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १२ : ३० बजे

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर