राहुल गान्धीलाई हराएकी इरानीका सहयोगीको गोली हानी हत्या « Khabarhub

राहुल गान्धीलाई हराएकी इरानीका सहयोगीको गोली हानी हत्या


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– उत्तर प्रदेशको अमेठीमा विपक्षी कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीलाई आम निर्वाचनमा पराजित गरेकी भारतीय जनता पार्टी भाजपाकी प्रभावशाली नेतृ स्मृति इरानीका सहयोगीको गोली हानी हत्या भएको छ ।

इरानीका सहयोगी सुरेन्द्र सिंहलाई गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिंह इरानीका नजिकका सहयोगी रहेको जनाइएको छ ।

सुतिरहेका बेला उनलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । अमेठीमा भएको निर्वाचनमा इरानीले गान्धीलाई पराजित गरेकी थिइन् ।

अमेठीमा गान्धीको पराजयलाई पछिल्लो आम निर्वाचनकै सबैभन्दा अप्रत्याशित नतिजाका रुपमा अथ्र्याइएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ३ : ३१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।