राहुल गान्धीलाई हराएकी इरानीका सहयोगीको गोली हानी हत्या « Khabarhub

राहुल गान्धीलाई हराएकी इरानीका सहयोगीको गोली हानी हत्या


१२ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– उत्तर प्रदेशको अमेठीमा विपक्षी कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीलाई आम निर्वाचनमा पराजित गरेकी भारतीय जनता पार्टी भाजपाकी प्रभावशाली नेतृ स्मृति इरानीका सहयोगीको गोली हानी हत्या भएको छ ।

इरानीका सहयोगी सुरेन्द्र सिंहलाई गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिंह इरानीका नजिकका सहयोगी रहेको जनाइएको छ ।

सुतिरहेका बेला उनलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । अमेठीमा भएको निर्वाचनमा इरानीले गान्धीलाई पराजित गरेकी थिइन् ।

अमेठीमा गान्धीको पराजयलाई पछिल्लो आम निर्वाचनकै सबैभन्दा अप्रत्याशित नतिजाका रुपमा अथ्र्याइएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  ३ : ३१ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते