पल्सर स्पोर्टस अवार्ड असार १७ गते « Khabarhub

पल्सर स्पोर्टस अवार्ड असार १७ गते


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १६ औं संस्करण असार तेस्रो साता हुने भएको छ । नेपाल खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड असार १७ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने जानकारी आयोजकले दिएको हो ।

पत्रकार सम्मेलनमा मञ्च र अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाईकलबीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र) र प्रयोजक संस्थाका निर्देशक अभिमन्यु गोल्छाले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अवार्ड कार्यक्रमका लागि मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनीले साँढे २८ लाख रुपैयाँ बराबरको नगद र जिन्सी उपलब्ध गराउनेछ ।  मञ्चले यस बर्ष एक विधा थप गर्दै १० विधामा अवार्ड वितरण गर्नेछ ।

वर्षका उत्कृष्ट पुरुष खेलाडी, बर्षको उत्कृष्ट महिला खेलाडी, युवा बर्ष खेलाडी, बर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई अवार्ड कार्यक्रममा सम्मानित गरिनेछ । यो बर्ष ईन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको विधा समेत थप गरिएको छ ।

बर्ष खेलाडीको पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षकको गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाईकल प्रदान गरिनेछ । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।  प्रायोजक संस्थाका निर्देशक अभिमन्यु गोल्छाले सिंगो खेलकुद क्षेत्रलाई सम्मानित गर्ने अवार्ड कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको बताएका छन् ।

देशलाई जोड्ने एक मात्र माध्यम खेलकुद क्षेत्र रहेको बताउँदै उनले खेलाडी र खेलकर्मीको बर्षभरीको मेहनतको मुल्याङ्कन अवार्डले गरेको उल्लेख गरे ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ४ : २९ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले