फस्टाउन सकेन ९० को दशकबाट थालिएको व्यावसायिक कफी खेती « Khabarhub

फस्टाउन सकेन ९० को दशकबाट थालिएको व्यावसायिक कफी खेती



काठमाडौं– नगदे बालीको रुपमा परिचित कफीको व्यावसायिक खेती नेपालमा फस्टाउने सकेको छैन । कफी खेतीको प्रचुर सम्भावना हुँदा–हुँदा पनि आशातित उत्पादन हुन सकेको छैन ।

सन् १९९० को दशकपछि नेपालमा कफी खेती व्यावसायिक रुपमा शुरु भएको हो । गुल्मीको आँपचौरबाट कफी खेतीका थालनी भएको पाइन्छ । कफी उत्पादन थालिएको लाामो समय बितिसक्दा पनि उत्पादनको क्षेत्र फस्टाउन सकेको छैन । ११ लाख हेक्टरमा कफी उत्पादनको सम्भावना देखिन्छ तर २ हजार ६५० हेक्टर जमीनमा मात्र कफी उत्पादन भएको पाइन्छ ।

२ हजार ६ सय ५० हेक्टर जमिनमा लगाइएको कफीको उत्पादन मात्र ५ सय १३ मेट्रिक टन हुने गर्छ । कफीको उत्पादन कम हुनुमा उत्पादकत्व कम भएको चिया तथा कफी विकास बोर्डले जनाएको छ । कफीको बीउ गुणस्तरीय नहुँदा यो समस्या आएको बोर्डका प्रवक्ता दीपक खनालले जानकारी दिए ।

‘गुणस्तरीय कफी फाम व्यवस्थापन हुन नसक्दा उत्पादन बढाउन सकिएको छैन,’ प्रवक्ता खनालले भने, ‘नेपालमा उत्पादन हुने सबै प्रकारका कफी १ हजारदेखि १ हजार ६ सय मिटरसम्मको उचाइमा उत्पादित अराविका वर्णको टिपिका र बर्बन जातका हुन् ।’

वार्षिक उत्पादन

नेपालमा उत्पादन हुने कफीको तथ्यांक हेर्दा आर्थिक वर्ष ०७१/०७२ मा ४ सय ६३ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७२/०७३ मा ४ सय ३४ मेट्रिक टन, ०७३/०७४ मा ४ सय ६६ मेट्रिक टन र ०७४/०७५ मा ५ सय १३ मेट्रिक टन कफी उत्पादन भएको छ ।
केही मात्रामा उत्पादन बढ्दै गएपनि उलेख्य मात्रामा बढ्न नसकेको प्रवक्ता खनालले बताए ।

उनले नेपालमा कफीको उत्पादन सम्भावनाअनुसार प्रगति गर्न नसकिएको बताए । कफीको उत्पादनको लागि बोर्डले केही समयअघि विज्ञको टोली सहित अनुगमन गरेको बताउँदै उनले भने ‘७७ जिल्लामध्ये ४७ जिल्लामा व्यवसायिक कफीको सम्भावना देखियो’ । नेपालमा उत्पादन हुने कफीको मात्रा हेर्ने हो भने साना किसानको संलग्नता बढि रहेको वोर्डको अध्ययनले देखाएको छ ।

के गर्नुपर्छ अब ?

कफीको उत्पादन बढाउनका लागि बोर्डले ‘कफी व्यवसाय प्रवद्र्धन सम्मेलन’ गरिरहेको खनालले बताए ।  ठूला उद्योगी तथा लगानीकर्ताहरु कफीका क्षेत्रमा आउन सकेमा उत्पादनमा वृद्धि हुने खनालको भनाइ छ । साथै युवाालाई कफी व्यवसायमा आकर्षित गर्न जरुरी रहेको उनी बताउँछन् ।

‘वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कफी खेती गर्न प्रोत्साहन गरिरहेको छौँ’ खबरहबसँग कुरा गर्दै उनले भने,‘कफीको उत्पादन क्षेत्र बढाउनका लागि बोर्डले समयसमय यसबारे चेतनामुलक कार्यक्रम गर्ने गरेको छ ।’

साना किसानको संलग्नता

हालसम्म उत्पादन भएका कफी साना किसानले मात्र फलाएको बताउँदै खनाल भने,‘८२ वर्षको व्यावसायिक कफी खेतीलाई हेर्दा साना किसानको मात्र संलग्ना देखिन्छ’ ।

कफीमा महिलाको सहभागिता

नेपालको कफी विशेष छ, यसमा महिलाको सहभागितामा वृद्धि गर्न सकेमा उत्पादन बढ्ने प्रवक्ता खनालले दाबी गरे । उनले भने ‘गाउँघरमा बेरोजगार महिलाको संख्यालाई कफी खेती आकर्षित गर्न सके रोजगारीसँगै उत्पादनमा समेत वृद्धि गर्न सकिन्छ ।’

मुलुकभित्र मात्र नभएर विदेशबाट समेत उच्च माग रहने नेपाली कफीको उत्पादन वृद्धि गर्न सके विदेशी मुद्रा आर्जनमा समेत ठूलो टेवा मिल्ने देखिन्छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ५ : १२ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री