सुकेधारा र अनामनगरमा ग्यास सिलिण्डर विस्फोट, ६ जना घाइते « Khabarhub

सुकेधारा र अनामनगरमा ग्यास सिलिण्डर विस्फोट, ६ जना घाइते


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको सुकेधारमा ग्यास सिलिण्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक एक सैलुन पसलमा ग्यास सिलिण्डर विस्फोट भएको हो ।

घाइते भएकामध्ये ५ जनाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

१ जनाको भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

यस्तै अनामनगरमा पनि ग्यास सिलिन्डर विस्फोट भएको छ । क्षतिको विवरण आउँदै छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ५ : ०२ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।