घट्टेकुलो विस्फोटका प्रत्यक्षदर्शीले जे देखे « Khabarhub

घट्टेकुलो विस्फोटका प्रत्यक्षदर्शीले जे देखे


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको घट्टेकुलोमा भएको विस्फोटमा परि एक जनाको मृत्यु भएको छ । त्यस्तै सुकेधारमा भएको अर्को विस्फोटमा २ जनाको ज्यान आएको छ ।

घट्टेकुलोको संगम गल्लीमा साढे ४ बजे भएको विस्फोटमा एक जनाको मृत्यु भएको र घाइतेको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । विस्फोटमा घाइते भएका रुकुम सानो भेरी गाउँपालिका स्थायी घर भएका वर्ष २६ का रविन केसी घाइते भइ विर अस्पताल उपचारका लागि लगिएको छ ।

घट्टेकुलोको एक घरमा भुइतलामा विस्फोट भएको र उक्त विस्फोटले घरको गारो नै चर्किएको बाहिरबाट नै देख्न सकिन्छ । उक्त विस्फोटको समयमा छिमेकी घरहरुमा समेत कम्पन भएको स्थानीयले बताएका छन् ।

विस्फोट भएको घरको अगाडि पसल चलाएर बसेकी हेमा कोइराला विस्फोटकी एक जना प्रत्यक्षदर्शी हुन् । प्रत्यक्षदर्शी कोइरालाका अनुसार विस्फोट भएपछि शुरुमा ट्रान्सफर्मर पड्एिको अनुमान आफूहरुले लगाएको बताइन् । केहीले ग्यास सिलिन्डर विस्फोट भनेपछि केही मानिस हेर्न गएका थिए । तर ग्यासको सिलिन्डरमा कुनै क्षति नपुगेको उनीहरुले बताएको कोइरालले भनिन् ।

‘म विस्फोटको समयमा यो नजिकको घरमा थिएँ । एक्कासी पड्किएकोे आवाज आयो । पहिला ट्रान्सफर्मर पड्किएको भन्ने सोच्यौं तर होइन रहेछ, केहीले ग्यास पड्किएको रहेछ भने’ प्रत्यक्षदर्शी कोइरालाले भनिन्,‘पछि गएर हेर्दा भने ग्यास सिलिन्डर सध्दे नै थियो । अरु नै विस्फोट भएको रहेछ ।’

बम विस्फोट भएको स्थानीयले आशंका व्यक्त गरका छन् । विस्फोटपछि एक जना रगताम्मे भएर बाहिर निस्किएको र उनको पाइन्टसमेत च्यातिएको अवस्थामा रहेको आफूले देखेको कोइरालाको भनाइ थियो । ‘एकजना रगताम्मे भएर बाहिर निस्किएका थिए, उनको पाइन्ट पनि च्यातिएको थियो’ कोइरालाले भनिन्,‘भित्र एक जना मरेका थिए बाहिर निस्कने रगताम्मे थिए ।’

विस्फोट भएको घरका अर्का एक छिमेकीले भने उक्त समय आफू घरमा नै रहेको र त्यस बेला घरका झ्याल ढोकाहरु निकै थर्किएको बताए ।
‘ढोका झ्यालहरु हल्लियो त्यसपछि बाहिर निस्किएँ, विस्फोट निकै ठूलो थियो’ उनले भने,‘ यहाँको अवस्था र विस्फोटको आवाजपछि हामीहरुले उक्त घरमा बम बनाउँदै गर्दा गल्तीले विस्फोट भएको हो कि भन्ने आशंका गरेका छौं ।’

घरको भुइतलमा विस्फोट भएको छ र त्यसले सिलिङमा पनि क्षति पुगेको छ । विस्फोटमा विप्लव समूहको संलग्ता रहेको आश‌ंका प्रहरीले गरेको छ ।

यो पनि पढ्नुस्

 

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ६ : ०५ बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति