राजधानीमा भएका विस्फोटमा विप्लव समूहको संलग्नता : प्रहरी « Khabarhub

राजधानीमा भएका विस्फोटमा विप्लव समूहको संलग्नता : प्रहरी


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राजधानी काठमाडौंका २ ठाउँमा भएका छुट्टा–छुट्टै विस्फोटमा आइतबार ३ जनाको मृत्यु भएको छ ।

बुढानीलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक सैलुन पसलमा भएको विस्फोटमा २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार नाम नखुलेको सैलुन पसलमा विस्फोट हुँदा १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो ।

यस्तै अनमानगर (घट्टेकुलो) क्षेत्रको संगम गल्लीमा भएको विस्फोटमा १ जनाको मृत्यु भएको छ । घट्टेकुलोमा भएको विस्फोटमा मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ ।

घट्टेकुलोको विस्फोटमा घाइते भएका १ जनाको भने पहिचान खुलेको छ । प्रहरीका अनुसार रुकुमको सानोभेरी गाउँपालिका घर भएका २६ वर्षीय रविन केसी घाइते छन् । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

विस्फोटमा विप्लव समूहको हात !

प्रहरीका अनुसार अनामनगरको संगम गल्लीमा भएको विस्फोटमा नेत्रबिक्रम चन्द (विप्लव) समूहको संलग्नता छ ।

प्रहरीका कारबाहीका क्रममा भोजपुरमा गोली लागि आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा विप्लव समूहले (सोमबार) नेपाल बन्द आह्वान गरेको छ ।

घट्टेकुलोमा विस्फोट भएको स्थानबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार आह्वान गरेको बन्दको विषयमा पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका केन्द्री प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले विस्फोट भएको स्थानबाट विप्लव समूहको पर्चा भेटिएको बताए ।

‘विस्फोट भएको स्थानबाट विप्लव समूहको पर्चा भेटिएको छ,’ डिआईजी पोखरेलले खबहबले भने, ‘अहिले अनुसन्धान जारी छ ।’

डिआईजी पोखरेलले सामाखुसीमा भएको विस्फोट पनि नियोजित देखिएकाले अनुसन्धान जारी रहेको बताए ।

‘विस्फोट दुर्घटना भएको जस्तो छैन, हामीले थप अनुसन्धान गरिरहेका छौं,’ पोखरेलले भने ।

घट्टेकुलोको विस्फोटमा घाइते भएका केसी विप्लव निकट विद्यार्थी संगठनको त्रिचन्द्र क्याम्पसका अध्यक्ष रहेको भन्ने जानकारी आएको प्रहरी श्रोतले बताएको छ । यसकै आधारमा पनि विस्फोटमा विप्लव समूहको संलग्नता हुन सक्ने प्रहरी अनुमान छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ६ : २० बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल