कोटेश्वरबाट विप्लव नेकपाका ७ कार्यकर्ता पक्राउ « Khabarhub

कोटेश्वरबाट विप्लव नेकपाका ७ कार्यकर्ता पक्राउ


१२ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा विस्फोट भएसँगै सुरक्षा संयन्त्र कडा पारिएको छ । प्रहरीले कोटेश्वरको नरेफाँटबाट ७ जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ ।

गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले ४ वटा प्रेसर कुकर उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ३ झोला पार्टीको पर्चा, मसाल जुलुसका लागि बनाइएका मसाल र लाठीहरु पनि बरामद गरेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा डम्बरबहादुर तामाङ, चित्रकमल वली, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्ले लगायत छन् ।

आइतबार दिउँसो राजधानीको सुकेधारा, अनामनगर र चन्द्रागिरी नगरपालिकामा बम विष्फोट भएको हो । विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । विस्फोट विप्लव नेतृत्वको नेकपाले गराएको प्रहरीको भनाइ छ । सवै ठाउँमा भएको विस्फोटको प्रकृति एउटै प्रकारको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  ८ : ५८ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा