हिंसात्मक घटनाप्रति गम्भीर बन्न कांग्रेसको आग्रह « Khabarhub

हिंसात्मक घटनाप्रति गम्भीर बन्न कांग्रेसको आग्रह


१२ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीका विभिन्न स्थानमा भएका बम विष्फोट तथा हिंसा प्रति गम्भीर बन्न आग्रह गरेको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै काठमाडौँका विभिन्न स्थानमा भएका बम विष्फोट र त्यसबाट भएको मानवीय क्षतिप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको जनाएका हुन् ।

नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा र विकासका लागि सबै शक्ति एक भई अघि बढ्नुपर्ने बेलामा भएका यस्ता घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको गरेको छ । कांग्रेसले लामो हिंसाबाट जर्जर भएर शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरुबाट कुनै पक्षको पनि विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत हुन समेत आग्रह गरेको हो ।

घटनामा जीवन गुमाएका सबैको आत्माको चिर शान्ति कामना गर्दै नेपाली कांग्रेसले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कांग्रेसले घाइतेहरुको उपचार खर्च व्यहोर्न सरकारलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  ९ : ३८ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश