हिंसात्मक घटनाप्रति गम्भीर बन्न कांग्रेसको आग्रह | Khabarhub Khabarhub

हिंसात्मक घटनाप्रति गम्भीर बन्न कांग्रेसको आग्रह


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीका विभिन्न स्थानमा भएका बम विष्फोट तथा हिंसा प्रति गम्भीर बन्न आग्रह गरेको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै काठमाडौँका विभिन्न स्थानमा भएका बम विष्फोट र त्यसबाट भएको मानवीय क्षतिप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको जनाएका हुन् ।

नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा र विकासका लागि सबै शक्ति एक भई अघि बढ्नुपर्ने बेलामा भएका यस्ता घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको गरेको छ । कांग्रेसले लामो हिंसाबाट जर्जर भएर शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरुबाट कुनै पक्षको पनि विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत हुन समेत आग्रह गरेको हो ।

घटनामा जीवन गुमाएका सबैको आत्माको चिर शान्ति कामना गर्दै नेपाली कांग्रेसले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कांग्रेसले घाइतेहरुको उपचार खर्च व्यहोर्न सरकारलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ९ : ३८ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा