छोरा हेर्न पतिलाई जागिर | Khabarhub Khabarhub

छोरा हेर्न पतिलाई जागिर


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-उपप्रमुखको कार्यकक्षको झुलामा दुई वर्षीय छोरा सुत्छन्। उनलाई झुलाउन उपप्रमुखका पति खटिएका छन्। खासमा उनी उपप्रमुखका स्वकीय सचिव हुन्।

बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले चुनाव जित्दा ३ महिनाका शिशु काखमा थिए। उनले छोराको रेखदेख गर्न पतिलाई स्वकीय सचिवमा नियुक्त गरिन्। छोराको हेरचाह गर्नु र फुर्सद मिलेमा सामान्य सरकारी कामकाजलाई सघाउनु स्वकीय सचिव मंगल चौधरीको काम रहेको कान्तिपुर दैनिकमा खबर छ ।

उपप्रमुख सरकारी कामका लागि टाढा जानुपर्दा छोरा बोक्दै पति पनि जान्छन्। ‘हो, मेरा पतिले छोरा हेर्नुहुन्छ र मेरो सचिवालयलाई सघाउनु पनि हुन्छ,’ उनले भनिन्।

स्वकीय सचिवको औपचारिक व्यवस्था भने गरिएको छैन। आन्तरिक स्रोतबाट तलब दिने गरी खरिदारसरहको दरबन्दी सिर्जना गरिएको छ।

त्यसका लागि मासिक २३ हजार ५ सय रुपैयाँ पारिश्रमिक दिइन्छ। कानुनी रुपमा भने मिलाउन अप्ठ्यारै छ। नगरपालिकाका कानुन अधिकृत विकास आचार्यका अनुसार स्वकीय सचिव राख्दा विधि पूरा गरिएको होइन। वार्षिक एक लाख रुपैयाँभन्दा बढी रकम दिनुपरे व्यक्तिले स्थायी लेखा नम्बर परिचय पत्र (प्यान नम्बर) लिनुपर्छ।

‘प्यान नम्बर भएन भने बेरुजु आउँछ,’ उनी भन्छन्। स्वकीय सचिव राख्न नगरपरिषद्बाट पारित गर्नुपर्छ। पार्टीसँग सोधेर पतिलाई स्वकीय सचिव बनाएको उल्लेख गर्दै उनले भनिन्, ‘हाम्रा नगरप्रमुख शालिग्राम अधिकारीले पनि आफन्तलाई स्वकीय सचिव बनाएका छन्।’

उनका अनुसार, प्रमुख अधिकारीले साढुभाइका छोरा सुभास पोखरेललाई स्वकीय सचिव राखेका छन्। अधिकारीका अनुसार, उनका स्वकीय सचिवले नगरका विकास निर्माणदेखि कार्यालयका सबै काम गरिरहेका छन्। लेखा अधिकृत धनबहादुर चन्दका अनुसार, दुवै स्वकीय सचिवको तलबभत्ता आन्तरिक स्रोतबाट दिने गरिएको छ।

प्रशासकीय अधिकृत अमरराज खत्रीले भने नगरपालिका ऐनमा प्रावधान नभएको पद सिर्जना गरेर स्वकीय सचिव राख्न नमिल्ने दाबी गरे। ‘कानुनले नदिएको पद सिर्जना गरेमा उनीहरूले पाएको तलबभत्ता बेरुजु देखिन्छ,’ उनले भने। उपप्रमुख चौधरीले परिषद्बाट निर्णय गराएर सहमतिमै पतिलाई जागिर लगाएको बताइन्।

पत्रिकाले करोड बिरुवा रोपिँदै, यसअघि रोपिएका लाख बिरुवाबारे बेखबर शीर्षकमा अर्को समाचार छापेको छ । करिब ९ वर्षअघि वनमन्त्री थिए, राप्रपाका दीपक बोहरा। त्यति बेलाका प्रधानमन्त्री माधवकुमार नेपालसँग निकै निकट देखिने बोहराले बेलाबेला नौला कार्यक्रम आयोजना गर्थे। कालापत्थरमा मन्त्रिपरिषद् बैठक आयोजना गर्नेदेखि चितवन निकुञ्जभित्र मिचाहा झार उखेल्नेसम्मका कार्यक्रम उनकै पालामा भए। २०६६ सालको मनसुन अवधिमा बोहराकै पहलमा एकै दिनमा एक लाख बिरुवा रोप्ने कार्यक्रम पनि आयोजना भयो।

राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पार्टीका प्रमुख, मन्त्रीदेखि उच्च ओहदाका व्यक्तिलाई प्रमुख अतिथि बनाएर काठमाडौंका १२ स्थानमा एकै दिन एक लाख बिरुवा रोपियो पनि। तत्कालीन राष्ट्रपति रामवरण यादवले गागलफेदीको ढकालडाँडामा रुद्राक्ष रोपेर बिरुवा रोप्ने कार्यक्रम शुरु गरे। त्यति बेला डाँछी, गागलफेदी, कपन, गोकर्ण, बूढानीलकण्ठ, नयाँ पाटी, चुनिखेल, टोखालगायत स्थानमा एक लाख बिरुवा रोपियो। कर्मचारी, स्थानीय बासिन्दा र विद्यार्थी बिरुवा रोप्न ओइरिएका थिए।

महानगरहरूको बजेट : पूर्वाधार मुख्य प्राथमिकता शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । ६ वटै महानगरले पूर्वाधारलाई मुख्य प्राथमिकता दिँदै आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याएका छन् । काठमाडौं महानगरपालिकाले मंगलबार ल्याएको १५ अर्ब ५० करोड ७० लाख १२ हजार बजेटमध्ये भौतिक पूर्वाधारमा ३९ प्रतिशत रकम छुट्याइएको छ।

काठमाडौंले गरिबी निवारणमा प्रत्यक्ष योगदान दिने र उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने विषयलाई प्राथमिकतामा राखेको छ। स्थानीयको जीवनस्तर उकास्ने, आय वृद्धि हुने र रोजगारी बढ्ने विषयलाई पनि प्राथमिकता दिइएको उपप्रमुख हरिप्रभा खड्गीले बताएकी छन्।

बजेटमा दिगो विकास, वातावरणीय संरक्षण तथा संवर्द्धनलाई सघाउ पुर्‍याउने विषयवस्तु पनि समेटिएका छन्। भाषिक तथा सांस्कृतिक पक्षको जगेर्नाका निम्ति कार्यक्रमसमेत बजेटमा राखिएको छ। महानगरले फ्लाई ओभर, आकाशे पुल, महानगर ज्येष्ठ नागरिक अस्पतालजस्ता भौतिक निर्माणका योजना ल्याएको छ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ७ : १३ बजे

शान्तिश्री र नेत्रको स्वरमा ‘आधा मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा

मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा वृद्धाको शव फेला

भक्तपुर – मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा भक्तपुर

‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग

कास्की – नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा

रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध

नेपालका लागि फ्रान्सका राजदूत र पोखरा महानगरप्रमुखबीच भेटवार्ता

पोखरा – नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल र पोखरा