प्रधानमन्त्री बाबिसको राजीनामा माग्दै विशाल प्रदर्शन, लाखौं मानिस सडकमा « Khabarhub

प्रधानमन्त्री बाबिसको राजीनामा माग्दै विशाल प्रदर्शन, लाखौं मानिस सडकमा


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपेली मुलुक चेक रिपब्लिकमा प्रधानमन्त्री आन्ड्रेज बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको छ ।

‘मिलियन मोमेन्ट्स अफ डेमोक्रेसी ग्रुप’ ले आपराधिक गतिविधिमा संलग्न भएको र राष्ट्रघात गरेको आरोप लगाउँदै प्रधानमन्त्री बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन गरेको हो ।

राजधानी प्रागमा विशाल प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले आपराधिक गतिविधिमा संलग्न र राष्ट्रघातको आरोप लागेका व्यक्ति पदमा बस्न नहुने भन्दै राजीनामा माग गरेका हुन् ।

चेक रिपब्लिकमा भएको प्रदर्शन सन् १९८९ पछिकै ठूलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री बाबिसमाथि युरोपियन युनियनले दिएको २ मिलियन युरो अनुदान हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

उनले आफू सत्तामा आउनु अघि सन् २०१७ मा सो रकम दुइवटा कोषमा ट्रान्सफर गरेको आरोप छ । प्रधानमन्त्रीले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । प्रदर्शनकारीहरुले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शन थप चर्काउने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ७ : ५१ बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक