बलात्कारको आरोपमा ६ वर्ष कैद « Khabarhub

बलात्कारको आरोपमा ६ वर्ष कैद


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी–बालिका बलात्कार गरेको आरोपमा सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई सप्तरी जिल्ला अदालतले छ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले कारागारमा थुनामा रहेका आरोपितलाई छ वर्ष कैद सजायका साथै रु ५० हजार क्षतिपूर्ति भराउने अन्तिम फैसला गरेको हो । जिल्ला अदालतको आदेशमा आरोपित २०७५ वैशाख ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

पीडितकै घरकोठामा २०७४ चैत ९ गते बलात्कार गरेको भन्दै पीडितले भोलिपल्टै इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिए । प्रहरीले २०७४ चैत १० गते नै आरोपितलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ११ : २६ बजे

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन