सुन्दर हिमाल र सुर्योदयको अनुपम दृश्य देखिने पुनहिल (फोटो फिचर) « Khabarhub

सुन्दर हिमाल र सुर्योदयको अनुपम दृश्य देखिने पुनहिल (फोटो फिचर)


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण क्षेत्रको पुनहिलबाट उच्च हिमश्रृङ्खलाको पृष्ठभूमिमा सूर्योदय र सूर्यास्तको उत्कृष्ट दृश्य देख्न सकिन्छ । पुनहिलबाट अन्नपूर्ण र धौलागिरी हिमालको सुन्दर तस्वीर खिच्न सकिने भएकाले पुनहिललाई फोटोग्राफरका लागि स्वर्ग नै मानिन्छ ।

पुनहिलबाट अन्नपूर्ण दक्षिण, अन्नपूर्ण प्रथम, अन्नपूर्ण द्वितीय, तृतीय तथा चौथो, धौलागिरी, लमजुङ हिमाल, गंगापूर्ण र मनास्लु हिमश्रृङ्खलासहित अन्य हिमश्रृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयको उत्तिकै सुन्दर दृश्य देख्न सकिन्छ ।

घान्द्रुकबाट देखिएको अन्नपूर्ण हिमालको दक्षिणी मोहडा

त्यसबाहेक पुनहिलको पदयात्रामा सुन्दर भूबनोट, गाउँहरु, धानखेत र गुरुङ मगर जातिको सांस्कृतिको अनुभव गर्न सकिन्छ । घोरेपानी र घान्द्रुक गाउँ अन्नपूर्ण क्षेत्रका सबैभन्दा ठूला गुरुङ बस्तीहरु हुन् । विभिन्न जातिका मानिसहरुको बसोबास रहेको अन्नपूर्ण क्षेत्रको पदयात्राबाट फरक अनुभव गर्न सकिन्छ ।

पुनहिलको पदयात्राबाट घोरेपानी, घान्द्रुक, तिखेढुङ्गा, लगायतका सांस्कृतिक रुपमा समृद्ध गाउँको अनुभव गर्न समेत सकिन्छ ।

पुनहिल टावर

पुनहिलबाट तिखुढुङ्गा (१५४० मिटर) सवारीबाट डेढ घण्टा, पदयात्रा ३/४ घण्टा

पोखराबाट नयाँपुल (१०५० मिटर) सम्मका लागि सवारी पाइन्छ । त्यसपछि तपाईंले तिखेढुङ्गासम्म पुराना गाउँ र हरिया हिमाल छिचोल्दै हिड्नुपर्ने हुन्छ ।

पुनहिलमा योगाभ्यास गर्दै पर्यटक

तिखेढुङ्गाबाट घोरेपानी (२७५०) मिटर पदयात्रा ६/७ घण्टा

उल्लेरी (२०७० मिटर) सम्म बाटोमा तपाईले उकालो छिचोल्नुपर्ने हुन्छ । बाटोमा तपाईंले स्थानीयहरुसँग अन्तक्र्रिया गर्न र उनीहरुको जीवनबारे जानकारी पाउन सकिन्छ ।

बाटोमा माछापुच्छ्रे (६९९७ मिटर), हिउँचुली (६४४१ मिटर) र अन्नपूर्ण दक्षिण (७२१९ मिटर) को सुन्दर दृश्य समेत देख्न सकिन्छ ।

तिखेढुङ्गा जाँदा बाटोमा पर्ने पुल

पुनहिल (३२१० मिटर) हुँदै घोरेपानीदेखि टाडापानी (२६५० मिटर) सम्म पदयात्रा ६/७ घण्टा

आजको दिन पुनहिल पुगेर टाडापानीका लागि यात्रा थालिन्छ । तपाईले विहानैको सूर्योदयको दृश्यावलोकानका लागि सबेरै पदयात्रा थाल्नुपर्ने हुन्छ । पुनहिलबाट हिमालको पृष्ठभूमिबाट सुन्दर सूर्योदय देख्न सकिन्छ ।

अन्नपूर्ण हिमालमाथिबाट झुल्केको सूर्योदयसँगै यहाँबाट अन्नपूर्ण र धौलागिरीका मनोरम दृश्य समेत देख्न सकिन्छ ।

घोरेपानी फर्केर त्यहाँ खाजा खान सकिन्छ । त्यहाँबाट टाडापानी (२६५० मिटर) का लागि यात्रा थाल्नुपर्ने हुन्छ । यो यात्रामा लालिगुराँस, बाँस र कटुसको बाक्लो जंगल पार गर्नुपर्ने हुन्छ ।

पुनहिलको बाटो

टाडापानीबाट घान्द्रुक (२००० मिटर)

विभिन्न जंगल, गाउँ र खोलाको पार गर्दै यो यात्रा अघि बढ्छ । ३ देखि ४ घण्टासम्मको निरन्तरको यात्रापछि घान्द्रुक नाम गरेको सुन्दर गुरुङ गाउँ पुग्न सकिन्छ ।

यो गाउँमा एक रातका लागि बास बस्न सकिन्छ । यहाँ गुरुङ जातिको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ ।

यहाँबाट अन्नपूर्ण दक्षिण, हिउँचुली, माछापुच्छ्रे र अरु धेरै हिमालको सुन्दर दृश्य पनि देख्न सकिन्छ ।

नयाँ पुलमा भेटिएका स्थानीय

घान्द्रुकबाट पोखरा पदयात्राबाट ३/४ घण्टा सवारीबाट २ घण्टा

बिहान खाजा खाएर नयाँपुलसम्मको ओरालो यात्रा शुरु गर्न सकिन्छ । नयाँपुलबाट सवारी चढेर सीधै पोखरा पुग्न सकिन्छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १२ : ४२ बजे

बैतडीमा भूकम्पको धक्का

बैतडी– बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु