राष्ट्रिय सभा बैठक– कुन सांसदले के भने ? « Khabarhub

राष्ट्रिय सभा बैठक– कुन सांसदले के भने ?


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको बैठकमा सांसदहरुले समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको शून्य समयमा सांसद दीपा गुरुङले ग्रामिण भेगमा संचालित क्याम्पसहरुलाई सरकारले उपलब्ध गराउदै आएको अनुदान बढाउन माग गरिन् ।

अहिले उपलब्ध गराइएको अनुदानले नियमित रुपमा क्याम्पस संचालन गर्न अप्ठेरो परेको भन्दै अनुदान रकम कम्तिमा १५ लाख पुर्याउन उनले माग गरिन् ।

सांसद दुर्गाप्रसाद उपाध्यायले धान रोप्ने बेला आइसके पनि बजारमा मलको अभाब देखिएको बताए । सांसद उपाध्यायले मलको अभाब कृतिम रुपमा गराइएको हुन सक्ने भन्दै सरकारले अनुगमन गरेर मलको उपलब्धता सहज बनाउन माग गरे ।

सांसद नन्दा चपाईले एक राष्ट्रिय दैनिक पत्रिकामा असार ५ गते छापिएको एउटा समाचारमा समितिको काम झारा टराइ भन्दै लेखेकोमा आपत्ति जनाइन् ।

पत्रिकाले बिधायन समितिमा गुठि बिधेयकको छलफल झारा टराइ भन्दै लेखेकोले संसद्को मानहानी भएको भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । राष्ट्रिय सभामा पेश भए पनि समितिमा बिधेयक नै नआएको अवस्थामा यसरी समाचार आउनुले समितिको गरिमामा आँच आउने काम भएको उनको भनाइ थियो ।

सांसद बद्रि पाण्डेले असार १० गते कन्चनपुरको पुनर्बास नगरपालिकाको नगर परिषदमा अतिथि भइ पुगेकी खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउने कांग्रेस कार्यकर्तालाई प्रहरी र नेकपाको कार्यकर्ता लगाएर कुटपिट गरेको भन्दै बिरोध गरे ।

सांसद रमेशजंग रायमाझीले काठमाडौँमा युवतीहरु माथि श्रिङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमण बढेको भन्दै,यस्तो कार्यको तुरुन्त छानवीन गर्न माग गरे ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : २३ बजे

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार