इरानका केही भाग ध्वस्त पार्ने ट्रम्पको चेतावनी « Khabarhub

इरानका केही भाग ध्वस्त पार्ने ट्रम्पको चेतावनी


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डिसी– इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकाको ट्रम्प प्रशासन मानसिक रुपमा अस्थीर रहेको टिप्पणी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको केही भाग सखाप पार्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै इरानले कुनै पनि अमेरिकी निशानामा आक्रमण गरेमा त्यसले विशाल अमेरिकी शक्तिले प्रतिक्रिया दिइने बताएका छन् । यसको अर्थ इरानका केही भागलाई नष्ट पारिने चेतावनी दिएका जनाइएको छ । राष्ट्रपति ट्रम्पले इरान स्थीरता तथा नाकाबन्दी फुकुवा होस् भन्ने चाहन्छ भने इरान शान्तिपूर्ण तवरमा वार्ताका लागि आउनुपर्ने जनाए ।

यसअघि इरानी राष्ट्रपति हसन रौहानीले ह्वाइट हाउस मानसिक रुपमा अस्थीर रहेको टिप्पणी गरेका थिए । गत सोमबारमात्र ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खमेनीविरुद्ध नाकाबन्दीको घोषणा गरेको थियो । यसबाहेक अमेरिकाले यसै साता इरानी विदेशमन्त्री जवाद जरिफविरुद्ध नयाँ नाकाबन्दीको घोषणा गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

गत साताको बिहीबारमात्र इरानले अमेरिकी लडाकु विमान खसालेपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा छ । उक्त ड्रोन खसालेपछि अमेरिकाले इरानमाथि सैनिक आक्रमणका लागि तयार रहेको तर अन्ततः राष्ट्रपति ट्रम्पको ठाडो निर्देशनमा उक्त आक्रमण टरेको थियो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ५ : ०९ बजे

निर्वाचन आउन ८३ दिन बाँकीः समावेशी प्रतिनिधित्व गराउन समिति बन्यो

काठमाडौं – निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया

आजका लागि विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर उच्च बिन्दुमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर २६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार