इरानका केही भाग ध्वस्त पार्ने ट्रम्पको चेतावनी « Khabarhub

इरानका केही भाग ध्वस्त पार्ने ट्रम्पको चेतावनी


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डिसी– इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकाको ट्रम्प प्रशासन मानसिक रुपमा अस्थीर रहेको टिप्पणी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको केही भाग सखाप पार्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै इरानले कुनै पनि अमेरिकी निशानामा आक्रमण गरेमा त्यसले विशाल अमेरिकी शक्तिले प्रतिक्रिया दिइने बताएका छन् । यसको अर्थ इरानका केही भागलाई नष्ट पारिने चेतावनी दिएका जनाइएको छ । राष्ट्रपति ट्रम्पले इरान स्थीरता तथा नाकाबन्दी फुकुवा होस् भन्ने चाहन्छ भने इरान शान्तिपूर्ण तवरमा वार्ताका लागि आउनुपर्ने जनाए ।

यसअघि इरानी राष्ट्रपति हसन रौहानीले ह्वाइट हाउस मानसिक रुपमा अस्थीर रहेको टिप्पणी गरेका थिए । गत सोमबारमात्र ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खमेनीविरुद्ध नाकाबन्दीको घोषणा गरेको थियो । यसबाहेक अमेरिकाले यसै साता इरानी विदेशमन्त्री जवाद जरिफविरुद्ध नयाँ नाकाबन्दीको घोषणा गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

गत साताको बिहीबारमात्र इरानले अमेरिकी लडाकु विमान खसालेपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा छ । उक्त ड्रोन खसालेपछि अमेरिकाले इरानमाथि सैनिक आक्रमणका लागि तयार रहेको तर अन्ततः राष्ट्रपति ट्रम्पको ठाडो निर्देशनमा उक्त आक्रमण टरेको थियो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ५ : ०९ बजे

झापाकै अन्य क्षेत्र नछिरेका बालेन रवि पुग्दा पनि किन बसेनन् ?

काठमाडौं- गत माघ ५ गते जनकपुरमा भएको सभामा खुट्टामा चोट

जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध

एजेन्सी– ताइवान विषयलाई लिएर चीन–जापान सम्बन्धमा चर्किएको कूटनीतिक तनावबीच चीनले

सिन्धुपाल्चोक १ मा चारदलको रस्साकस्सी, पुरानालाई विरासत जोगाउने चुनौती

काठमाडौं– सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ को विगत निर्वाचन परिणाम

भक्तपुरमा होली पर्व सुरु

काठमाडौं– फागु पूर्णिमाको आगमनसँगै भक्तपुरमा रङको पर्व होली पर्व सुरु

झापामा रविले भने- जनचाहनाअनुरूप राज्यसत्ता चलाउने रास्वपाको नीति 

भद्रपुर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई