पहिलोपटक गाउँसभामा सहभागी भए राउटे « Khabarhub

पहिलोपटक गाउँसभामा सहभागी भए राउटे


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- गुराँस गाउँपालिकाले स्थायी परिचयपत्र प्रदान गरेर गाउँपालिकाको नागरिक बनाएको लोपोउन्मुख राउटे समुदायका मुखिया र युवाहरु पहिलोपटक गाउँसभामा सहभागी भएका छन् ।

राउटे समुदायका मुखिया र युवा गाउँपालिकाको पाचौँ गाउँसभामा सहभागी हुन रानीमत्ता आएका थिए । राउटे समुदायलाई पनि बजेटमा अपनत्व कायम गराउन सभामा सहभागी गराइएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

सभामा बोल्दै राउटे मुखिया सूर्यनारायण शाहीले आफ्ना जनताका लागि पनि बजेट विनियोजन गराउन माग गरे । “राउटे परिवर्तनको बाटोमा हिँडेको छ, विस्तारै परिवर्तन हुन्छ”, मुखिया शाहीले भने, पूर्खादेखि गर्दै मान्दै आएको परम्परा हामी एकैचोटी छोड्न सक्दैनौ, सबै परिवर्तन विस्तारै हुन्छ ।”

अर्का महामुखिया महिनबहादुर शाहीले राउटे समुदाय फिरन्ते भएको हुँदा दैलेखका विभिन्न ठाउँमा घुमे पनि अब दैलेख बाहेक अन्य जिल्लामा नजाने बताए । अध्यक्ष ओलीले राउटे समुदायको कला संस्कृतिलाई जगेर्ना गर्दै उनीहरुको संस्कृति जोगिने खालको बजेट व्यवस्था गरिने बताए ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले उक्त गाउँपालिकाले राउटे समुदायलाई गरेको कार्य प्रसंशायोग्य रहेको बताए । धेरै व्यक्तिले राउटेका पछाडी लाग्नु गलत भने पनि यसको दिगो फाइदा समग्र प्रदेशलाई हुने उनको धारणा छ । उनले राउटे समुदायको संस्कृति, परम्परा र वेषभूषा जोगाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ५ : ४६ बजे

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य