पहिलोपटक गाउँसभामा सहभागी भए राउटे « Khabarhub

पहिलोपटक गाउँसभामा सहभागी भए राउटे


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- गुराँस गाउँपालिकाले स्थायी परिचयपत्र प्रदान गरेर गाउँपालिकाको नागरिक बनाएको लोपोउन्मुख राउटे समुदायका मुखिया र युवाहरु पहिलोपटक गाउँसभामा सहभागी भएका छन् ।

राउटे समुदायका मुखिया र युवा गाउँपालिकाको पाचौँ गाउँसभामा सहभागी हुन रानीमत्ता आएका थिए । राउटे समुदायलाई पनि बजेटमा अपनत्व कायम गराउन सभामा सहभागी गराइएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

सभामा बोल्दै राउटे मुखिया सूर्यनारायण शाहीले आफ्ना जनताका लागि पनि बजेट विनियोजन गराउन माग गरे । “राउटे परिवर्तनको बाटोमा हिँडेको छ, विस्तारै परिवर्तन हुन्छ”, मुखिया शाहीले भने, पूर्खादेखि गर्दै मान्दै आएको परम्परा हामी एकैचोटी छोड्न सक्दैनौ, सबै परिवर्तन विस्तारै हुन्छ ।”

अर्का महामुखिया महिनबहादुर शाहीले राउटे समुदाय फिरन्ते भएको हुँदा दैलेखका विभिन्न ठाउँमा घुमे पनि अब दैलेख बाहेक अन्य जिल्लामा नजाने बताए । अध्यक्ष ओलीले राउटे समुदायको कला संस्कृतिलाई जगेर्ना गर्दै उनीहरुको संस्कृति जोगिने खालको बजेट व्यवस्था गरिने बताए ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले उक्त गाउँपालिकाले राउटे समुदायलाई गरेको कार्य प्रसंशायोग्य रहेको बताए । धेरै व्यक्तिले राउटेका पछाडी लाग्नु गलत भने पनि यसको दिगो फाइदा समग्र प्रदेशलाई हुने उनको धारणा छ । उनले राउटे समुदायको संस्कृति, परम्परा र वेषभूषा जोगाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ५ : ४६ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने