अमेरिकी प्रतिवेदन- नेपालमा हिन्दु राष्ट्रका लागि भाजपाको पहल « Khabarhub

अमेरिकी प्रतिवेदन- नेपालमा हिन्दु राष्ट्रका लागि भाजपाको पहल


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नेपालमा हिन्दु राष्ट्र चाहेको अमेरिकी प्रतिवेदनले देखाएको छ ।

अमेरिकाले सन् २०१८ मा विश्वमा धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनका लागि भाजपाले नेपालका राजनीतिक पार्टीहरुलाई प्रभावमा पारिरहेको तथ्य सार्वजनिक गरेको हो ।

भारतका हिन्दुत्ववादी शक्तिहरुले नेपालका सबै पार्टीलाई प्रभावमा पारेर नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नका लागि पहल गरिरहेको उक्त प्रतिवदेनमा जनाइएको छ । २०१८ अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन नाम दिइएको उक्त प्रतिवेदनमा गत डिसेम्बर महिनामा प्रतिपक्षी दल नेपाली काँग्रेसको महाधिवेसन प्रतिनिधिको भेलाको मुख्य एजेण्डा नभएपनि नेपाललाई हिन्दु राज्यमा फर्काइनुपर्ने आवाज उठेको उल्लेख छ ।

नेपालमा दक्षिणपन्थी धार्मिक संगठन तथा उग्र हिन्दुवादी संस्थाहरुले नेपालमा इसाईहरुका लागि प्रतिकूल वातावरण निर्माण गर्न एवं हिन्दु धर्म अन्तर्गतका उपल्लो जातीका मानिसहरुलाई तल्लो जातिका मानिसहरुलाई भेदभाव गर्न उक्साइरहेको समेत उल्लेख गरिएको छ ।

सरकारले क्रिसमसको विदा समेत कटौती गरेको भन्दै प्रतिवेदनमा यसले मुलुकमा इसाईविरोधी भावना पनि बढ्दै गएको देखिएको जनाइएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ०५ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको