ब्रेकअपपछि भूलेर पनि नगर्नुहोस् यी गल्ती « Khabarhub

ब्रेकअपपछि भूलेर पनि नगर्नुहोस् यी गल्ती


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिला र पुरुषबीचको सम्बन्ध जोडिदा जति खुशी मिल्छ, त्योभन्दा बढी सम्बन्ध टुट्दा पीडा हुन्छ । जो प्रेम सम्बन्ध वा वैवाहिक सम्बन्धमा बाँधिएका हुन्छन्, उनीहरुले मिलन र बिछोडको दुवै परिस्थितिको अनुभव पनि गरेका हुन्छन् । सम्बन्ध जोडिदा धेरै कुरामा खुशी मिल्छ । र खुशीका कुरा त्यसै गौण भएर जान्छन् । तर सम्बन्ध टुट्दा भने मानिसहरुलाई सम्हालिन निकै मुस्किल पर्छ । यसैकारण कतिपय सम्बन्ध टुटेका मानिसहरु लागूऔषधको सिकार समेत हुने गरेका छन् । डिप्रेसनमा जाने गर्दछन् ।

हरेक प्रेम सम्बन्ध विश्वासमा अडिएको हुन्छ । त्यसकारण उक्त सम्बन्ध टुटेपछि सम्हालिन निकै मुस्किल पर्छ । यस स्थितीमा आफूले गुमाएका प्रेम पुनः पाउनका लागि धेरै मानिसहरु विभिन्न गल्तीहरु गर्छन् । जुन गल्तीले उसलाई पछि पछुतो लाग्न सक्छ ।

१. भुलेर पनि ब्लक नगर्ने

अक्सर ब्रेकपछि मानिसहरु रिसले आफ्नो प्रेमी वा प्रेमिकालाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतमा ब्लक गर्छन् । तपाईंको यस्तो क्रियाकलापले तपाई‌ंले चाहे पनि झनै बढी रिसाउँछन् । यसकारण तपाईंले भविष्यमा उनी आफ्नो जीवनमा फर्किने मौका गुमाउनुहुनेछ ।

२. मोबाइल अफ नगर्ने

ब्रेकपछि मानिसहरु मोबाइल अफ गर्ने, रिसले फोन नउठाउने, नम्बर फेर्ने, रेसपोन्स नगर्ने जस्ता बेवकुफी काम गर्दछन् । ब्रेकअपपछि पनि तपाईं पहिले जस्तै सामान्य बन्नुहोस् । ब्रेकअप पछि पनि तपाईं वा तपाईंले चाहेको मान्छेलाई तपाईंको आवश्यकता पर्दा तपाईंको साथ भएन भने सम्बन्ध झनै टाढा हुन पुग्छ ।

३.पुराना याद आउने सामानहरु राखिराख्ने

अक्सर मानिसहरु सम्बन्ध छुटिसकेपछि पनि उसले दिएका तथा दुई जनाको प्रेम सम्बन्धलाई सम्झाउने केही सामानहरु भए सम्हालेर राख्ने गर्छन् ।
चाहे त्यो मोबाइलमा फोटो नै किन नहोस् । तर यसले हामीलाई झनै पीडा थप्ने काम गर्दछ । यसकारण उक्त परिस्थितिबाट बच्नका लागि प्रेमी वा प्रेमिकाका याद आउने कुनै पनि सामान वा वस्तु आफुसँग नराख्नुहोस् ।

४.सामाजिक सञ्जालमा सक्रिय रहनुहोस् र उसको बारेमा सोच्न छाड्नुहोस्

धेरै मानिसहरु ब्रेकअपपछि सामाजिक सञ्जालमा खुलेर पूर्व प्रेमी वा प्रेमिकाको ओलोचना गर्दछन् । यस्तै सामाजिक सञ्जालबाट टाढा पनि रहन्छन् ।
सम्बन्ध छुटिसकेपछि पनि सम्झिरहने गर्छन् । तर यसो गर्नु भनेको तपाईंको समयको बर्बादी हो । सामाजिक सञ्जालमा उसको आलोचना गर्नुभन्दा आफू कसरी सफल हुने, के गर्ने भन्ने कुरामा मन लगाउनुहोस् । दैनिक काममा मन लगाउनुहोस् । व्यस्त रहनुहोस् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ०९ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा