एएफसी कपको अन्तिम खेलमा पनि मनाङ पराजित « Khabarhub

एएफसी कपको अन्तिम खेलमा पनि मनाङ पराजित


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी कपको अन्तिम खेलमा पनि नेपालको लिग च्याम्पियन टोली मनाङ-मस्याङ्दी क्लब पराजित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोबाटोस्थित मैदानमा भएको खेलमा मनाङलाईं भारतीय क्लब चेन्नाईनले ३-२ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा मनाङले पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा ३ गोल खायो । चेन्नाइनले खेलको ५३ औं, ६७ औं र ८९ औं मिनेटमा गोल गर्दै मनाङलाई पराजित गरेको हो ।

चेन्नाइनविरुद्ध मनाङले २ गोल फर्काए पनि जीत हात पार्न भने असफल भयो । जसमा मनाङका फरवार्ड अफिजे ओलाओलेले गोल गरेका थिए ।
उनले खेलको ७२ औं र ७९ औं मिनेटमा गोल गर्दै पाहुना टोलीविरुद्धको २ गोल फर्काएका थिए ।

चेन्नाईनका लागि ५३ औं मिनेटमा मोहम्मद राफिले र ६७ औं मिनेटमा इला साबियाले गोल गरेका थिए भने ८९ औं मिनेटमा टोलीका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै रफीले चेन्नाइनलाई मनाङविरुद्ध ३-२ को जीत दिलाए ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : २६ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले