न्यूजिल्यान्डद्वारा पाकिस्तानसमक्ष २ सय ३८ रनको लक्ष्य « Khabarhub

न्यूजिल्यान्डद्वारा पाकिस्तानसमक्ष २ सय ३८ रनको लक्ष्य


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले पाकिस्तानलाई २ सय ३८ रनको लक्ष्य दिएको छ ।

ब्रमिङघामस्थित क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित पूरा खेल खेल्दै ६ विकेट गुमाएर २ सय ३७ रन बनाएको हो । कमजोर शुरुवात गरेको न्यूजिल्यान्डका लागि जिम्मी निसाम र कोलिन डि ग्रान्डहोमले उत्कृष्ट ब्याटिङ गर्दै पाकिस्तानविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गर्न योगदान गरेका थिए ।

जसमा अविजित रहेका निसामले १ सय १२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ९७ रन बनाएका थिए भने ग्रान्डहोमले १ सय ६ बलमा ६ चौका र १ छक्काको मद्दतमा ६४ रन बनाएका थिए । यस्तै, कप्तान केन विलियमसनले टोलीको ब्याटिङ इनिङ्स सम्हाल्दै ४१ रन बनाएका थिए ।

यता, न्यूजिल्यान्डविरुद्ध पाकिस्तानका बलरहरुले उत्कृष्ट बलिङ गरे । उनीहरुले न्यूजिल्यान्डविरुद्ध शुरुवातदेखि नै दबाब दिएका थिए । पाकिस्तानका लागि साहेन अफ्रिदीले उत्कृष्ट बलिङ गरे । उनले १० ओभर बलिङ गरेर ३ मेडन ओभरसहित २८ रन खर्चेर ३ विकेट लिएका थिए भने सद्दाव खान र मोहम्मद आमिरले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ८ : १४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार