एक जोर जुत्ता ४ करोड ८० लाखमा बिक्री « Khabarhub

एक जोर जुत्ता ४ करोड ८० लाखमा बिक्री


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नाइकीको सह–संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ।

त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता त्यही थियो जुन चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको हो ।

सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो। तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरे। बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका हुन्।

सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह–संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए। यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो।

लिलाममा राखिएको उक्त एक जोर जुत्ता भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ। लगानी कम्पनीका मालिक नाडालले आफ्नो खरिदबाट धेरै खुसी भएको बताउँदै सो जुत्ता खेलकुद इतिहास र पप संस्कृतिको ऐतिहासिक अंश भएको बताए।

उनले किनेका सबै जुत्ताहरू टोरन्टोमा रहेको उनको निजी गाडी संग्रहालयमा प्रदर्शनमा राखिने बताएका छन्। यसअघि कुनै पनि जुत्ताका लागि तिरिएको सबैभन्दा उच्च रकम एक लाख ९० हजार तीन सय ७३ डलर मानिएको छ।

सो रकममा माइकल जोर्डनले सन् १९८४ को ओलिम्पिकको बास्केटबल फाइनलमा लगाएको हस्ताक्षरसहितको कन्भर्स जुत्ता सन् २०१७ मा बिक्री गरिएको थियो। बीबीसीबाट

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : ५२ बजे

विदेशी उपाधिको समकक्षता सेवा अब यूजीसीमार्फत, तीन हजारभन्दा बढी प्रयोगकर्ता दर्ता

काठमाडौं– विदेशी विश्वविद्यालय तथा उच्चशैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता

नारायणीमा बढ्यो पानीको सतह, किनारमा प्रहरीको माइकिङ (तस्बिरहरू)

चितवन– मुहान क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण नारायणी नदीको जल सतहले

निर्मला पन्त प्रकरणमा झर्किएका गृहमन्त्रीले राष्ट्रिय सभामा तत्कालै मागे माफी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग भएको आफ्नो

१३ अंकले घट्यो नेप्से, व्यापार बाहेक सबै समूह राताम्य

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८२ अंकले घटेको छ

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज– निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा