राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारको आवदेन | Khabarhub Khabarhub

राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारको आवदेन


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् ।

सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथरवासीको विवरण सङ्कलन गर्ने लक्ष्यका साथ पाँचथरबाट उक्त परिचयपत्रका लागि विवरण सङ्कलन गरेकामा अधिकांश युवा वैदेशिक रोजगारीको सिलसिलामा जिल्ला बाहिर रहनाका साथै अन्य कारणले लक्ष्यभन्दा २४ हजार कम जिल्लावासीले विवरण दर्ता गराएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक बुलेटिनअनुसार सो अवधिमा ८३ हजार १०२को राष्ट्रिय परिचयपत्र छपाइ भएको र तीमध्ये ५७ हजार ७ सय ९३ जनाले आफ्नो परिचयपत्र बुझेर लगिसकेका छन् ।

यो परिचयपत्रका लागि जिल्लाका सबै वडामा विवरण सङ्कलन शिविर र राष्ट्रिय परिचयपत्र वितरण शिविर आयोजना गरिएको थियो ।

शिविरमा परिचयपत्र लिन नआएका तथा शिविरपछि विवरण दर्ता गराएकाहरुले समेत परिचयपत्र लगेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्र तथा राहदानीको लागि आवेदन गर्ने बित्तिकै सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन आग्रह गरिए पनि विवरण दर्ता गराएकाहरु त्यसको उपयोगिता नदेखेर राष्ट्रिय परिचयपत्र लिनलाई मात्रै नआउने गरेको फिल्ड कार्यालयले जनाएको छ ।

नेपालमै पहिलोपटक गत वर्षको असार ५ गते पाँचथरबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु भएको थियो । यसरी सङ्कलित विवरणका आधारमा राष्ट्रिय परिचयपत्र छपाइ भएपछि गत मङ्सिर ३ गतेदेखि वितरण शुरु गरिएको थियो । अहिले उक्त परिचयपत्रका लागि विवरण सङ्कलन तथा तथा वितरणको कार्य सबै प्रदेशका विभिन्न जिल्लामा शुरु भइसकेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ८ : २८ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको