रियलबाट १ सिजनका लागि सेबालोस आर्सनलमा « Khabarhub

रियलबाट १ सिजनका लागि सेबालोस आर्सनलमा


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले स्पेनका मिडफिल्डर डानी सेबालोसलाई लोनमा अनुबन्ध गरेको छ । आर्सनलले स्पेनिस महारथि रियल मड्रिडबाट सेबालोसलाई लोनमा लिएको हो ।

स्पेनको यू–२१ राष्ट्रिय टोलीका कप्तानी समेत गरिरसकेका सेबालोसलाई आर्सनलले एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।

स्पेनको राष्ट्रिय टिमबाट ६ खेल खेलिसकेका सेबालोसले १ गोल गरिसकेका छन् । यस्तै रियलबाट ३५ खेलमा ५ गोल गरेका छन् । २२ वर्षे सेबालोसले आर्सनलमा ८ नम्बरको जर्सी लगाउने छन् ।

यस्तै आर्सनलले फ्रान्सका १८ बर्षे डिफेन्डर विलियम सालिबालाई पनि अनुबन्ध गरेको छ । आर्सनलले उनलाई फ्रेन्च क्लब सैन्ट इटिनेबाट अनुबन्ध गरेको हो ।

रियल आफै पनि विश्व चर्चित खेलाडी अनुबन्ध गरिरहेको छ । केही समय अगाडि चेल्सीका इडन हर्जाडलाई आवद्ध गरेको रियल यतिबेला म्यान्चेस्टर युनाइटेडका पाउल पोग्वालाई क्लबमा भित्र्याउने लक्ष्यमा छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १० : १८ बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.