रियलबाट १ सिजनका लागि सेबालोस आर्सनलमा « Khabarhub

रियलबाट १ सिजनका लागि सेबालोस आर्सनलमा


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले स्पेनका मिडफिल्डर डानी सेबालोसलाई लोनमा अनुबन्ध गरेको छ । आर्सनलले स्पेनिस महारथि रियल मड्रिडबाट सेबालोसलाई लोनमा लिएको हो ।

स्पेनको यू–२१ राष्ट्रिय टोलीका कप्तानी समेत गरिरसकेका सेबालोसलाई आर्सनलले एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।

स्पेनको राष्ट्रिय टिमबाट ६ खेल खेलिसकेका सेबालोसले १ गोल गरिसकेका छन् । यस्तै रियलबाट ३५ खेलमा ५ गोल गरेका छन् । २२ वर्षे सेबालोसले आर्सनलमा ८ नम्बरको जर्सी लगाउने छन् ।

यस्तै आर्सनलले फ्रान्सका १८ बर्षे डिफेन्डर विलियम सालिबालाई पनि अनुबन्ध गरेको छ । आर्सनलले उनलाई फ्रेन्च क्लब सैन्ट इटिनेबाट अनुबन्ध गरेको हो ।

रियल आफै पनि विश्व चर्चित खेलाडी अनुबन्ध गरिरहेको छ । केही समय अगाडि चेल्सीका इडन हर्जाडलाई आवद्ध गरेको रियल यतिबेला म्यान्चेस्टर युनाइटेडका पाउल पोग्वालाई क्लबमा भित्र्याउने लक्ष्यमा छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १० : १८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल