‘दूबो फुल्यो’ गीत- संगीत चोरीको लफडा मिल्यो, आलोकले लिएनन् क्षतिपूर्ति « Khabarhub

‘दूबो फुल्यो’ गीत- संगीत चोरीको लफडा मिल्यो, आलोकले लिएनन् क्षतिपूर्ति


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘कबड्डी ३’ मा समावेश ‘दूबो फूल्यो’ बोलको गीतमा एसडी योगीले संगीत दिएका थिए । गीत रिलिजको भोलिपल्टै यो गीत ‘फोटो सिरानीमा’ बाट चोरिएको आरोप लाग्यो । आलोक श्रीले यो गीतको संगीत आफूले संगीत दिएको गीत ‘फोटो सिरानीमा’ सँग मिल्न गएको बताएका थिए ।

गीतको संगीत चोरिएकाले आफूले कानूनी उपचारसमेत खोज्ने आलोकले बताएका थिए । तर, छलफलपछि आलोक श्रीले गीतको क्षतिपूर्ति विना नै आफ्नो गीत चोरिएको नभई संयोगवश मिल्न गएको भन्दै क्षतिपूर्ति नलिने भएका हुन् ।

फिल्म निर्माण टिम र आलोक श्रीबीच पटकपटक छलफल भएपछि यस्तो सहमति भएको हो । ‘दूबो फुल्यो’ गीतका संगीतकार एसडी योगीले आलोक श्रीले चोरी गरिएको होइन भनेर स्वीकार गरेको बताए ।

‘उहाँले चोरी गरिएको होइन, केही अंश संयोगवश मिल्न गएको हो भन्नुभयो,’ योगीले भने । पहिले आलोक श्रीको नाम विशेष धन्यवादमा राख्ने भनिए पनि पछि उनले नाम पनि राख्न नपर्ने जनाएको उनले बताए ।

उनले भने, ‘उहाँले त उजुरी पनि दिनुभएको थियो रे, पछि शायद चोरी होइन भन्ने लाग्यो होला, सहमतिमा कुरा मिल्यो ।’

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १ : ०८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस