नेकपाले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको छ– प्रचण्ड | Khabarhub Khabarhub

नेकपाले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको छ– प्रचण्ड


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारा अघि सारेको स्पष्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘एशिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा’ को दुई दिने सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले समाजवाद निर्माणका लागि क्युवाको कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको खुलेर प्रशंशा गरे ।

क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिष्टहरुको आर्दश भूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिष्ट पार्टीहरुले आफूलाई अघि बढाएको प्रचण्डको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले क्यूवाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाई विश्वभरकै कम्युनिष्टहरुका लागि आर्दश बनिरहने उल्लेख गरे ।

प्रचण्डले आफ्नो पार्टी नेकपाले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अव समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १ : ३५ बजे

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा पूर्ववत सेवा प्रवाह

दाङ– गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा

घरेलु कार्यालय भोजपुरद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी

भोजपुर– भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग

झापा– गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको प्रदर्शनका

महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

काठमाडौं– कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल