‘लापसे’का कारण सडक दुर्घटना बढेपछि परामर्श केन्द्र खोल्ने तयारीमा प्रहरी « Khabarhub

‘लापसे’का कारण सडक दुर्घटना बढेपछि परामर्श केन्द्र खोल्ने तयारीमा प्रहरी


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दाबी गरेका छन् ।

लागू औषधको पूर्ण नियन्त्रणका लागि सबै प्रदेशमा छिट्टै परामर्श केन्द्रको पनि व्यवस्था गरिने आईजी खनालको भनाइ छ ।

प्रहरीले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि प्रहरी सक्रियातापूर्वक लागेको उल्लेख गरेका आइजी खनालले त्यसमा साथ दिन नागरिक समाजका अगुवालाई आह्वान गरे ।

आइजी खनालले लागू पदार्थ सेवन (लापसे) कारण पनि सडक दुर्घटना बढ्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालिने बताए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘सडक सुरक्षा र लागू औषध नियन्त्रण’ सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै आइजी लागू औषधको सेवनबाट हुने सडक दुर्घटना न्यूनिकरण गर्न पनि नेपाल प्रहरीले गृह मन्त्रालयको सहकार्यमा सबै प्रदेशमा २–२ वटा परामर्श केन्द्र स्थापना गर्ने तयारी गरेको जानकारी दिए ।

प्रहरी महानिरीक्षक खनालले मादक पदार्थ सेवनका कारण हुने सडक दुर्घटना भने न्यूनिकरण हुँदै गएको पनि दाबी गरे । सडक दुर्घटनाको अर्काे कारणको रुपमा रहेको लागू पदार्थ सेवनलाई नियन्त्रण गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ३ : २० बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ